चितवनमा बालिकालाई बलात्कार गरी मारेको आरोप आफन्त पनि जिम्मेवार

चैत ६ धनगढी
चितवनमा बालिकालाई बलात्कार गरी मारेको आरोप आफन्त लगाएका छन् । मृतकका आमाबुवाले पारपाचुके गरेको कारणले बालिकाको मनोविज्ञनमा परेको प्रभावका बारेमा समेत अनुसन्धान गरिनु आवश्यक छ । अहिले देशमा बलात्कारका घटना दिनानुदिन बढ्दैछन् । निर्दोष बालिकादेखि वृद्धायु सम्म निर्ममताको शिकार भइरहेका छन् । कयौं पीडितले घरपरिवार तथा आफन्त लाई सिकायत गर्दैनन्रु । सिकायत गरे पनि सामाजिक रुपमा कलङ्कित हुने र इज्जत जाने डरले चुपचाप सहन्छन् । । अधिकांश महिलाले आफु माथि हुने यौन शोषणको बारेमा कसैलाई बताउदैनन् । चुपचाप अन्याय सहन्छन् । महिलामाथि हुने जघन्य अपराधिक घटना किनरो किदैन भन्न ेमहत्वपूर्ण प्रश्न उठ्न थालेको छ । समस्याका बारेमा न त सरकारन त समाज आफ्नो जिम्मेवारी एवं कमजोरी स्वीकार्छन् । बलात्कारका घटना बढ्दै जानुका पछाडि धेरै कारण जिम्मेवार हुन्छन् ।

ढिलो न्याय पाउनु, कम सजाय हुनु, धरौटीमा छुट्नु, महिला प्रहरीको अभाव, महिला न्यायाधीशको अभाव, फास्ट ट्र्याकबाट अदालतले निर्णय नगर्नु, दोषीलाई राजनीतिक संरक्षण पाइनु आदि छन् । बलात्कृत महिला प्रतिको सामाजिक दृष्टिकोण समेत महत्वपूर्ण कारण बनिरहेको छ । उदाहरणको रुपमा संजीव लामिछानेलाई लिन सकिन्छ । लामिछाने दोषी करार भैसक्दाकयौं महिलाले उसलाई समर्थन गरी उसबाट बलात्कृत भएकी महिलालाई नै अनेकन लान्छना लगाएका भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । महिला लगायत कयौं उसका समर्थकले निर्दोष भनिरहेका छन् । प्रमाण बिना संजीवलाई दोषी ठहर्यागइएको छैन होला । अहिलेको युगमा पनि केटीलाई केटा भन्दा कमसल ठानेर केटीलाई दोषी ठान्नु अन्यायपूर्ण छ । बलात्कार भनेको शान्ति सुरक्षाको मात्र समस्या नभएर सामाजिक समस्या पनि हो । पितृसत्तात्मक समाजमा पुरुषलाई बढी महत्त्व दिइनु रमहिलालाई दोस्रो दर्जाको नागरिक मानिनुले पनि महिलामाथिको दृष्टिकोण जिम्मेवार छ । बलात्कार घटनाको कारणमा यौन आवश्यकताले महत्वपूर्ण भूमिका खेल्दछ । अहिले यौनजन्य क्रियाकलाप अधिकारमा वर्णन भैरहेका छन् । यौन सन्तुष्टि नियन्त्रण गर्न सकिएन दुष्परिणाम उत्पन्न हुन्छ ।

नेपाली समाजमा नारीलाई वस्तुरुपमा हेरिने संस्कार छ । मानिसको दिमागमा नारी वस्तु हुन भन्ने गहिरो जरा गाडिएको छ । यौन उत्तेजना एक प्राकृतिक गतिविधि हो । सामान्यतया यौन उत्तेजना पुरुष र महिलामा हुनु स्वाभाविक मानिन्छ । यौनचाहना पुरा गर्न ख्याल ठट्टामा हुने यौन सम्पर्कले पनि हिंसाको बाटो लिन सक्छ । यौन शिक्षा वा यौनका कुरा गर्दा समाजले सहजै पचाउन सक्दैन् । शिक्षाको महत्वका बारेमा कसैले खुलेर बोल्दा बिरोध हुन्छ । सरकारी तथा निजी विद्यालयमा यौन शिक्षा अनिवार्य पढाउनु पर्ने भइसकेको छ । शिक्षालाई हिचकिचाहट गरी फाइदा हुदैन् । बालबालिकालाई उचित यौन शिक्षाको अभावले लैङ्गिक हिंसा, लैङ्गिक असमानता, प्रारम्भिक र अनिच्छित गर्भधारण, एचआइभी एड्स, यौनजन्य सङ्क्रमण लगायत गर्भपतन एवं आत्महत्या भइरहेका छन् । यस्तो अवस्थामा विद्यालयका शिक्षकले मात्रै होइन अभिभावकले पनि हिचकिचाहट पन्छाएर छोराछोरीसँग खुलेर जानकारी लिने दिने गर्नु आवश्यक भएको छ । यौनशिक्षा मानव यौन शारीरिक संरचना, यौनप्रजनन एवं सरसफाई, मानव यौन व्यवहार आदिका बारेमा शैक्षिक पाठ्यक्रम हुनु आवश्यक देखिएको छ । यौन शिक्षाका बारेमा प्रारम्भिक जानकारी हाइस्कुलसम्म अनिवार्य पाठ्यक्रमको अंश बनाइनु पर्दछ । बाल्यकालबाट वयस्कतामा परिवर्तन हुँदै हुने शारीरिक लकष्ण एवं तिनको हेरचाहको अभावमा भ्रमितभै गलत जानकारी लिन गम्भीर यौनजन्य रोग लाग्ने गरेका छन् । व्यापक यौन शिक्षा बालबालिकालाई सही जानकारी प्रदान गर्न सहयोगी हुन्छ । उपयुक्त यौन शिक्षाको अभावले बालबालिकार युवालाई हानिकारक यौन व्यवहाररयौनशोषणको जोखिममा पार्न सक्छ । व्यापक यौन शिक्षा बालबालिकाको स्वास्थ्य र कल्याणलाई सम्बोधन गर्न महत्त्वपूर्ण उपकरण सावित हुन्छ ।

बृहत यौन शिक्षाले बालबालिका र युवालाई मानव अधिकार, लैङ्गिक समानता, सम्बन्ध, प्रजनन, यौन व्यवहारको जोखिम र अस्वस्थ्यताको रोकथामका बारेमा उमेर अनुसार उपयुक्त शिक्षा मात्र प्रदान गर्दैन यसले यौनिकतासँग प्रस्तुत हुने अवसर प्रदान गर्दछ । सकारात्मक मनोवृत्तिसँगै सम्मान, समावेशी, गैर–भेदभाव, समानता, समानुभूति, जिम्मेवारी एवं पारस्परिकता आदि मूल्यमा जोड दिन्छ । नेपालमा यौनहिंसाका घटना बढ्नुमा अर्को कारणमा महिला प्रहरीको संख्या कम हुनु हो । महिला प्रहरीको कम संख्याले यौनहिंसाको समस्या घटित भैरहेका छन् । जबकुनै महिला बलात्कृत हुन्छिन् तब महिला प्रहरीमा उजुरी गर्ने सम्भावना बढी हुन्छ । प्रहरीको अनुसन्धान प्रक्रिया जटिलता र झन्झटिलो भएका कारण पनि महिला प्रहरीको अभावमा पूरुष प्रहरीद्वारा हिरासतमा बलात्कार भएका घटनाले महिला प्रहरीको अभावमा पिडित उजुरी गर्न जादैनन् । फेसनमा प्रयोग हुने भड्किलो अशोभनीय कपडाको दोष पनि कारण बन्दै गएको छ । पीडितको लुगाको भावनाले बलात्कारसम्म पुर्याकएको विश्वास गरिन्छ । अर्को कारणमा घरेलु हिंसापनि जिम्मेवार छ । यसो हेर्दा सार्वजनिक सुरक्षा छैन । मद्यपान गर्ने, धुम्रपान गर्ने वा राति अबेरसम्म क्लबमा जाने महिलालाई समाजमा अनैतिक मानिन्छ । महिलाहरू सार्वजनिक स्थानहरूमा पक्कै सुरक्षित छैनन् । समाजमा कुनै पनि परिवार आफ्नो परिवारको कोही बलात्कृत भएको तथ्य स्वीकार्न तयार हुँदैनन् । उनीहरुले प्रहरी चौकीमा बलात्कारपछि हुने अप्रिय घटनाबाट टाढा रहन पीडितलाई सल्लाह दिन्छन् । धेरैजसो बलात्कारका घटना दर्ता हुँदैनन् । बलात्कार पीडितको संरक्षण र कानूनी हक प्रदान गर्न कानुन बनेपनि बनेका कानुनको कार्यान्वयनमा समस्या देखिन्छ ।

मौजुदा दण्डसजाय प्रभावकारी छैन् । यस्तै अवस्था रही रहने हो भने आगामी दिनमा स्थिति अझ खराब हुन सक्छ । मूलतया समस्याको जरा जीवनको भौतिकतामा गाँसिएको

हुन्छ । मानिसले जीवनलाई अध्यात्मवाद बाट अलग्याउँदा र भौतिकवादमा ढाल्दाको परिणामले विभिन्न आपराधिक घटना घट्न थालेका छन् । अध्यात्मवादले घटना निर्मूल नभए पनि केही हदसम्म कम गर्दछ । बचेका अपराधीलाई सजाय दिएरसमस्या समाधान गर्न सकिन्छ । दण्डद्वारा बहुसंख्यक जनतालाई सुधारगर्न सकिदैन भन्ने ज्ञान समाजमा हुनु जरुरी छ । जुनसुकै अपराध किन न हो जबरजस्तीलाई जायज ठहर्या भयौं भने त्यसबाट स्वाभाविक रूपमा एउटा बाध्यताले अर्को बाध्यता निम्त्याउँछ । बलात्कारको घटनाले सिङ्गो देशको चेतना छोएको छ ।जीवनका आधारभूत तथ्यमा ध्यान दिनेबेला आएको छ । प्रत्येक व्यक्तिलाई रूपान्तरण गरेनौं भने देश पुरै अपराधीकरण हुने खतरा छ । कसैमाथि विश्वासगर्ने अवस्था छैन् । बन्दकोठामा गरिने आपराधिक गतिविधिमा संलग्न व्यक्ति लुकेर बस्नुको सट्टा शक्तिको आडमा सडकमा आउन थालेका छन् । मान्छेको स्वभाव नै अर्का माथि हावीहुन खोज्नु हो । अरुलाई अपमानितगरी आफु ठूलो बन्नु हो । अर्कालाई अधीनस्थ राख्न चाहनु हो । आफु भित्र भएको अभाव, अपूर्णता र शक्तिलाई अरुमाथि देखाएर पूर्ति गर्न खोज्छ । समस्याको समाधान जित्नु मात्र होइन । समाधान भनेको प्रत्येक मानवको रूपान्तरण हो । यदि संसार बदल्नुछ भने पहिले आफैलाई परिवर्तन गर्न तयार हुनु पर्दछ । प्रत्येक व्यक्तिलाई रूपान्तरण गरेनौं भने नेपाल अपराधी बस्ने देशको रुपमा चिनिने छ । अहिलेको अवस्थालाई बदल्नु छ भने रूपान्तरण सबैभन्दा महत्त्वपूर्ण छ ।बलात्कारका घटना दिनानुदिन बढ्दै जानुले नेपाली समाज रदेशको असफलता हो भन्ने कुरामा कुनै शंका छैन् । कुनै कारणवश दर्ता नभएका दुर्घटना र यौन दुर्व्यवहारलाई पनि समेट्ने हो भने अर्को कुरूप रविकृत अनुहार छर्लङ्ग देखिने छ । बलात्कारको अपराध समाज र देशको निरन्तरता बन्दै जानु चिन्ताजनक छ । महिला जताततै असुरक्षित महसुस गर्न थालेका छन् । सार्वजनिक स्थानमा समेत महिला माथि दुर्व्यवहारका घटना भइरहेका छन् । घटनामा प्रहरी अपराध न्यूनीकरण गर्ने प्रवृत्ति धेरै हदसम्म जिम्मेवार छ ।
बलात्कार काण्डमा प्रहरी समेत संलग्न भएका घटनाले रक्षक पनि भक्षक हुँदा कस्को विश्वास गर्ने ?

अपराधिक क्रियाकलापबाट सरकार, प्रहरी प्रशासन र समाज अनभिज्ञ छ भन्ने होइन । राजनीतिक संरक्षण, कमजोर न्याय प्रणाली र कानुनी जटिलताले हाईप्रोफाइललाई समात्न सकिएको छैन् । पक्राउ परेकाहरुमा पनि अधिकांशले सजाय नपाइ छुट्ने कारणले बलात्कारी प्रोत्साहित भएका छन् । कञ्चनपुरको निर्मला पन्त घटनाले अन्तर्राष्ट्रिय चर्चा पाउँदा समेत सरकारले अपराधीलाई पक्रन सकेको छैन् । जुन आफैमा लज्जाको विषय छ । तत्कालिन प्रधानमन्त्रीले अपराधी लाई पृष्ठषोण हुनेगरी बचाव गरेका कारणले प्रहरी प्रशासन असफल भएको छ । राजनीतिक दल, सरकार र प्रहरीमा कार्यान्वयन गर्ने इच्छा शक्ति नभएसम्म कडा कानुन बनाएरकाम लाग्दैन् । सामाजिक सोचमा परिवर्तन आवश्यक छ । समाजले जबसम्म सरकारलाई दबाब दिन सक्दैन तब सम्म मानसिक विकृतिलाई तोड्न सकिदैन । जनस्तरबाट बलात्कार मुद्दामा राष्ट्रिय आन्दोलन सञ्चालन भएन भने यसले उपचार पाउने कुरामा शंका छ ।

बलात्कारका मुख्य कारणहरुमा अवैध यौन सम्पर्क जिम्मेवार छ । विवाहको वाचागरेपछि दुवैका बीच घनिष्टता बढ्छ र शारीरिक सम्बन्ध हुन्छ । त्यसपछि एकअर्कामा समझदारी नहुँदाको परिणाम आत्महत्या वा बलात्कारको रुपमा बाहिरिन्छ । झुटो आश्वासन कानुनी नजरले बलात्कारमा परिणत हुन्छ ।बाल्यकाल देखि महिलालाई कमजोर रपुरुषलाई शक्तिशाली बनाउने समाजमा बलात्कारका घटना हुनुले समाज जिम्मेवार छ । महिलालाई बाल्यकालदेखि कमजोर बनाउने, हेला गर्ने, छुवाछुत गर्ने, लुगामा भेदभाव गर्ने, काममा भेदभाव गर्ने, खानपिनमा भेदभाव गर्ने, घर बाहिर जान पूरूषको अभिभावकत्व चाहिने आदिले पनि महिला कमजोर बनाइएका छन् । समाजले महिलाले आफूले आफूलाई जोगाउन नसक्ने महसुस गराउँछ र हरेक कुरामा पुरुषमा निर्भर रहनु पर्ने बाध्यता सिर्जना गराएको हुन्छ । महिलार पुरुषबीचको आर्थिक, सामाजिक र राजनीतिक असमानता बढाउनेमा समाज जिम्मेवार छ । महिला समाजमा दोस्रो दर्जाको नागरिक मानिन्छन् । कमजोरमाथि बलियाले हिंसा वा शोषण गर्न शोषकलाई झन सहज हुन्छ ।

प्रायः बलात्कृत हुनेमा असहाय, एकल महिला, बालबालिका, आर्थिक रूपमा विपन्न, डिभोर्सीका बालबालिका, अपाङ्ग, दलित, मजदूर, विपद् पीडित आदिरहेका छन् । बलात्कारीमा धनीमानीका केटा, सत्तामा रहेका व्यक्ति, पद र पैशाले मात्तिएका कर्मचारी, शिक्षक, ठेकेदार, व्यापारी, आर्थिक शारीरिक रूपमा सक्षम, मादक पदार्थ सेवनी आदि देखिन्छन् । समाजमा यौनलाई वर्जित र पापको रूपमा लिनुपनि एउटा कारक मानिन्छ । निश्चित उमेरपछि केटाकेटी वयस्क हुन्छन् । तिनलाई राम्रो र नराम्रो बुझाउने शिक्षा हामी कहाँ छैन । यौन शिक्षाको अभावलाई पुर्ति गर्ने सामाजिक संस्कार छैन । किशोर किशोरीलाई अधुरो ज्ञान, सस्तो साहित्य र सामाजिक रूपमा गैरजिम्मेवार वयस्कबाट बिग्रने सम्भावना रहन्छ ।

हाम्रो न्याय प्रणालीमा सुधारगर्नुपर्छ । बलात्कार जस्ता जघन्य घटनामा न्याय नपाउने र ढिलाइ हुने अवस्था नहोस् । बलात्कारका घटना प्रति समाजको असंवेदनशीलता देखिन्छ । परिवार, आफन्त, छिमेकीमा बलात्कारका घटनालाई ढाकछोप गर्ने बानी हटाउनु पर्छ । अपराधी जो सुकै होस् उसले कानुन बमोजिम सजाय पाउनु पर्छ भन्ने संस्कार सामाजिक रुपमा स्थापित गराउनु पर्छ । बलात्कारका घटनाको जिम्मेवारी समाजले लिनु पर्छ । घटनापछि मृत्यु दण्ड, कानून व्यवस्था को समस्यामा मात्र सीमित नभई समाजमा बालबालिकाको पालन पोषण, सामाजिक दायित्व पुरा गर्ने, लैङ्गिक भेदभाव, पितृसत्ता आदिका बारेमा कारण खोजिनु आवश्यक छ ।

यौनजन्य विषयवस्तु घरेल ुतथा विद्यालय शिक्षामा समावेश गरी सामाजिक प्रहरी, गैरसरकारी संघसंस्था आदिको सहयोगमा किशोरकिशोरीलाई तालिम दिइनु आवश्यक छ । किशोर किशोरी लाई गाउँबाट समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरी शिक्षित गराउनु पर्छ । स्वस्थ र मानसिक विकारबाट मुक्त युवा पुस्ता न बलात्कार गर्न प्रेरित हुन्छन् न अन्य अपराधमा संलग्न हुन्छन् । बलात्कारका मुद्दाको उपयुक्त समाधान खोज्न न्यायपालिकाको महत्वपूर्ण भूमिका हुनु पर्छ । संसदले कडा कानून निर्माणमा जिम्मेवा रहुनु पर्छ । नेपाली समाजले अहिले दुःखद पक्ष र बलात्कारप्रतिको दृष्टिकोणलाई बाहिर ल्याउन खोजिरहेका छन् । नेपाली साहित्यकार एवं चलचित्रकर्मीले संवेदनशील विषयमा चेतना जगाउने प्रयास गरिरहेका छन् । बलात्कार पीडितको सुरक्षाका लागि कडा नियम बनाइएको छैन् । अवस्थालाई नियन्त्रण गर्न राजनीतिक संवेदनशीलता, सामाजिक सचेतना, न्यायिक संवेदनशीलता, विशेष अदालत र सर्वसाधारण जनतालाई प्रशिक्षणको आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply