नेपाल लाइफ क्यापिटलले गर्यो धनगढीमा लगानी व्यवस्थापन सम्बन्धी जानकारीमुलक कार्यक्रम**

धनगढी :- १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने “Global Money Week” को अवसरमा नेपाल लाइफ क्यापिटलले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा मा धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। चैत्र ७ गते धनगढीको फ्लाेरा होटेलमा भएको कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता थियो।
“उज्वल भविस्यका लागि लगानी” विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य थियो।
नेपाललाइफका कोष व्यवस्थापक नवराज सिलवालले पावर पोइण्ट मार्फत ” जोखिम न्यूनीकरण” का विधिको विषयमा जोड दिनु भयो। साथै नेपाल लाइफका अधिकृत विज्ञान नेपालले नेपाल लाइफ क्यापिटल्को फ्री डिम्याट अफर, ९९९ मै आजीवन डिम्याट नवीकरणका साथै लगानी व्यवस्थापन शुल्कमा छुट सहितका नेपाल लाइफ क्यापिटलका थप सेवा सुविधाका बारेमा प्रस्ट पार्नु भयो।
कुनै ब्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल लाइफ क्यापिटल लिमिटेड (तत्कालीन नेशनल मर्चेन्ट बैंकर लिमिटेड) नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो। कम्पनीले पुँजी बजारका असिमित संभावनाहरु तथा यसको बहु-आयामिक पक्षहरुको अध्ययन गरि नेपाली लगानीकर्ताहरु लाई सुरक्षित तथा लाभदायक लगानीका अबसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, डिम्याट खाता संचालन सेवा, तथा बुक विल्डिङ प्रकृया अन्तर्गत योग्य संस्थागत लगानीकर्ता सेवा प्रदानगरेकाे छ।
जीवन बीमा व्यवसायमा अग्रणी नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनीको रुपमा कार्यरत यस क्यापिटलले यसको नियमन निकाय नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैकिंङ व्यवसाय अन्तर्गतका सम्पुर्ण कार्यहरुको अनुमतिको लागि प्रकृया अघि बढाएको छ ।
कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख दिपक भट्टका साथै नेपाल लाइफ इन्स्योरेन्स धनगढी शाखाका प्रमुख गणेश अवस्थीको संयोजकत्वमा आयोजना गरिएको थियो।
सहभागीहरू कार्यक्रममा गहिरो चासोका साथ केन्द्रित थिए। कार्यक्रमको बिचमा प्रश्न उत्तर सत्र पनि भयो जसबाट सर्वसाधरणले शेयरबजार बारे थप जानकारी पाए। सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply