कञ्चनपुरमा वन डढेलो नियन्त्रण जनचेतना सप्ताह समापन

सरस्वती सुनार
कञ्चनपुर । वन डढेलो नियन्त्रण जनचेतना सप्ताह पिपरिया सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका सामुदायिक वनहरुकाे सहभागितामा बुधबार समापन भएको छ । हरेक वर्षको चैत्र महिनाको १ गते देखि ७ गते सम्म वन डढेलो जनचेतना सप्ताह मनाउने गरिन्छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि डिभिजन वन कार्यालय कञ्चनपुरले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी सप्ताह मनाएको छ । सोही सप्ताह अन्तरगत वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी सिता सामुदायिक वन उपभोक्ता समुह, गौरादेवी सामुदायिक वन उपभोक्ता समुह, वनदेवी सामुदायिक वन उपभोक्ता समुह, जानकी सामुदायिक वन उपभोक्ता समुह, बिरेन्द्र सामुदायिक वन उपभोक्ता समुह, उग्रतारा सामुदायिक वन उपभोक्ता समुह, एकता सामुदायिक वन उपभोक्ता समुह प्रगतिशील सामुदायिक वन उपभोक्ता समुह, महाकाली सामुदायिक वन उपभोक्ता समुह, सिंहपुर सामुदायिक वन उपभोक्ता समुह र वनदेवी सामुदायिक वन उपभोक्ता समुह, लगायत सरोकारवालसंगको अन्तरक्रिया सम्पन्न भएको छ । सह आयोजक सीता सामुदायिक वन को आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरुले वन डढेलो नियन्त्रणका लागि आवश्यक औजार, तालिमप्राप्त मानविय जनशक्तिको व्यवस्थापनमा सबै पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने कुरा उठाएका छन् ।

कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले वन उपभोग गर्नेले वन क्षेत्रको डढेलो नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकार मात्र खोज्ने तर दायित्व भूल्ने व्यवहारले सबैले दुख भोग्नु पर्ने अवस्था रहेको बताउनुभयो । वनमा डढेलो लाग्दा वातावरण र स्वास्थ्यमा पर्ने असर बारे नागरिकलाई जनचेतना जगाउनुपर्नेमा प्रमुख ओझाले जोड दिनुभयो ।
कार्यक्रमका सभा अध्यक्ष डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजनल वन अधिकृत भिम प्रसाद कडेलले वन डढेलो नियन्त्रणका लागि सबैभन्दा पहिले समुदाय नै जाग्नुपर्ने बताउनुभयो । उहाँले विशेषगरी डढेलो नियन्त्रणको विषयमा सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कडेलले सप्ताहव्यापी कार्यक्रममा वन डढेलो नियन्त्रका लागि अग्नी रेखा सरसफाई सामुदायिक वन उपभोक्ता समूहले प्रर्तेक वर्ष गर्नुपर्ने बताए। यसका साथै स्थानीय तह, सुरक्षा निकाय र सव डिभिजन वन कार्यालयले जनचेतामूलक कार्यक्रम अन्तरगत स्कुल शिक्षा, ज्वलनशील पर्दाथको व्यवस्थापनमा सहजीकरण, प्राङ्गारिक मल उत्पादन, उद्यम सञ्चालनमा सहयोग, समूह परिचालन, सञ्चार माध्यमबाट सचेतनामूलक सामग्री प्रकाशन प्रसारणलगायतका कार्यक्रम गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कडेलले बताउनुभयो ।
कञ्चनपुर जिल्लामा वन डढेलोको अवस्था, वन डढेलो नियन्त्रण योजना २०८० र सरोकारवालको भूमिकाका विषयमा प्रस्तुति राख्नुभएको थियो । पिपरिया सब डिभिजन अन्तर्गतका सामुदायिक वनहरुकाे सहभागिता का साथ सिंहपुर सामुदायिक वन काे सभा हलमा विषेश कार्यक्रम साथ समापन भएको सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply