कैलालीका एसपी विष्टको एक्सनले ः तस्करदेखि अपराधीको रुवाबासी

८ चैत धनगढी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलाली प्रहरीले विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेसँगै एकपछि अर्को गर्दै फरार प्रतिवादी पक्राउ पर्न थालेका छन । एसपी बिष्टले गत ७ फागुनमा कैलाली प्रहरीको कमाण्ड सम्हालेका थिए । बिष्टलाई मंगलबार जिल्ला प्रहरीको नेतृत्व लिएको एक महिना पुगेको छ । यो एक महिनामा प्रहरीले जिल्लाबाट विभिन्न स्थानबाट विभिन्न मुद्दामा दोषी ठहर भएर फरार भएका १०६ जनालाई पक्राउ गरेको छ । एसपी बिष्टकाअनुसार सबैभन्दा धेरै वन सम्बन्धीका विभिन्न मुद्दाका ३० जना फरार प्रतिवादी पक्राउ परेका छन । त्यसपछि लागुऔषध मुद्दाका १६ जना, चेक अनादर मुद्दाका १० जना, अपराधिक विश्वास घात मुद्दाका ६ जना, सवारी ज्यान मुद्दाका ५ जना र जालसाजी मुद्दाका ५ जनालाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।यस्तै कुटपिट, गाली बेइज्जती, आत्महत्या दुरुत्साहन, आगजनी, जबरजस्तीकरणी लगायतका अन्य विभिन्न मुद्दाका थप ३४ जनालाई समेत पक्राउ गरेर कारवाहीका लागि सम्बन्धीत निकायमा पठाइएको छ । एसपी बिष्टले अपराधिक गतिविधिमा संलग्न भएर अदालतबाट सजाय पाइसकेका तर लामो समयदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न विशेष अभियान चलाइएको बताए । सोही अन्तरगत जिल्लास्थित मातहतका सबै प्रहरी कार्यालय र युनिटको सक्रियतामा एक महिनामा उल्लेख्य प्रगती भएको उनी बताउँछन । जबकी कैलाली प्रहरीले चालु आर्थिक वर्षको ७ महिनामा यसअघि ३१ जना फरार प्रतिवादी मात्र पक्राउ गरेको थियो । एक महिनामा समातिएका फरार प्रतिवादीको संख्या यो भन्दा तीन गुणाले बढि देखिएको छ । प्रहरीले फागुन १० गते पप्पु भन्ने जहिर खान र ११ गते मोहित घिमिरेलाई पक्राउ ग¥यो । यस्तै फागुन १३ गते संजय जनाला सुनार, पवन रावत, राम चुन्नी डगौरा थारु, खुसिराम डगौरा, पुरन जैशी, भुपेश भन्ने शिशिर थापा, दत्त बहादुर बिष्ट, संगिता कुवँर, मिन बहादुर कुवँर र मेकेन्द्र बोगटी पक्राउ परेका छन । त्यस्तै फागुन १४ गते शम्भु सेवा, बिबेक नेपाली, आस्था कुँवर, निर्प बहादुर भण्डारी, तुल बहादुर धामी, शोभा सिंह ठकुरी, दिल बहादुर थापा र अर्जुन चौधरीलाई पक्राउ गरिएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी फागुन १५ गते सुरजपाल राना, सुरज कार्की, लक्ष्मण राना, लहानु चौधरी, नरेश बहादुर चौधरी, राजेश बोहरा, डिल्लीराज जोशी र तपेन्द्र ठकुल्लालाई प्रहरीले पक्राउ गरेको थियो । साथै १६ गते पक्राउ पर्नेमा कोजिबन चौधरी, भोज लाला, कर्मराज चौधरी, देवराज पाठक, धन बहादुर तामाङ, दोर्चे लामा, दिनरश चौधरी, किरण बोहरा, सुनिल चौधरी, बिरबहादुर घर्ती मगर, भिम बहादुर थापा, जवन सिंह रावत र सुधराम डंगौरा रहेका छन् । यसैगरी १८ गते पक्राउ पर्नेमा सुरज राना, संजय राना, रबि राना, पदम बहादुर विष्ट, प्रेमलाल चौधरी र राजाराम चौधरी छन । १९ गते रेवन्त कुवर र सत्यनारायण चौधरी तथा २० गते हरिराम डगौरा पक्राउ परेका थिए । साथै कैलाली प्रहरीले २१ गते नवराज भट्ट, नारायण चौधरी, कृष्ण चौधरी, गगन देब पण्डित, बिष्णु मायाँ पुजारा, राजेश राना र रितिक टमटालाई पक्राउ गरिएको जनाएको छ । यस्तै फागुन २२ गते तेज बहादुर धामी, दिल बहादुर खत्री, कर्ण बहादुर चौधरी, रमेश चौधरी, आइतवारी डगौरा थारु, मान बहादुर सुनार र महेन्द्र बिश्वकर्मा पनि पक्राउ परेका थिए ।यसैगरी फागुन २३ गते पक्राउ पर्नेमा अभिषेक चौधरी, कैलाश बुढा, उदय बहादुर साउद, नारायण भुर्तेल, प्रदेशी थारु, बालकृष्ण थारु, भिम बहादुर आउजी र दिनेश चौधरी छन् । फागुन २४ गते पक्राउ पर्नेमा प्रेम बहादुर चौधरी, हिरालाल चौधरी, कमल चौधरी, डबल बहादुर पल्लीमगर, मोहन राना र प्रलाद राना रहेका छन । फागुन २७ गते पक्राउ पर्नेमा डम्बर राना, बिजय शाही, दिल बहादुर भुल, किरन चौधरी, आशिष राजी, जगत कुँवर र कमल पाण्डे रहेका छन् । यस्तै फागुन २९ गते सुर्जा भाट, बिष्णा कुमारी कलेल, कालुराम राना, लक्ष्मी चौधरी, सरिता चौधरी र रिता चौधरीलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । यसैगरी फागुन ३० गते भरु भन्ने भरत सुनार तथा चैत १ गते महेश चौधरी, विनोद चौधरी, कृष्ण दमाई, फत्ते सिंह थारु, डिल्लीराज गिरी पक्राउ परेको तथ्याङ्कमा उल्लेख छ । साथै कैलाली प्रहरीले चैत २ गते महेश बहादुर पुजारा, करन चौधरी, राजेश बिक तथा ४ गते धनसरा बिक भन्ने धना पार्की र कर्ण बहादुर बोहरालाई पक्राउ गरेको थियो । यस्तै चैत ५ गते सरस्वती देबी चन्द, सन्तराम चौधरी भन्ने दिर्घ चौधरी र कल्लु रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । उनीहरु लागुऔषध, बैकिंङ कसुर, जालसाजि, चेक अनादर, जुवातास, अपराधिक विश्वासघात, बन, सरकारी छाप किर्ते, कुटपिट, सवारी ज्यान, बालयौन दुरुपयोग, गाली बेइज्जती, आगजनी र चोरी लगायतका मुद्धामा पक्राउ परेका हुन । यसरी विभिन्न मितिमा अपराध गरेर फरार अभियुक्त विभिन्न अपराधमा मुछिएर पक्राउ पर्न थालेपछि नागरिक समेत हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply