राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको प्रथम अधिवेशन हुने

८ चैत धनगढी
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको प्रथम अधिवेशन हुने भएको छ ।

महेन्द्रनगरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको प्रथम अधिवेशन १७ चैत्रमा हुने भएको हो । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका संयोजक प्रेम बहादुर रावलले सम्मेलनको तयारी भईरहेको बताए । उनका अनुसार सम्मेलनबाट नयाँ नेतृत्व देखि शैक्षिक विकृती बिरुद्धमा एजेण्डा पारित गरिने बताए । सम्मेलनमा राप्रपाका शिर्ष नेतादेखि विद्यार्थी संगठनका नेताहरुको सहभागिता हुनेछ ।

राप्रवि संगठनले विद्यार्थीहरुको पढाई संग संगै खेलकुदमा पनि सहभागिता गराएर अन्य संगठनहरु भन्दा फरक कृयाकलापको आयोजना गर्दै आएको छ । विद्यार्थीहरुको शैक्षिक हकको लागि आवाज उठाउदै आएको संगठनले विद्यार्थीहरु अनुशासित र कुलतमा नफसुन भनेर खेल क्षेत्रमा पनि विशेष जोड दिएको अध्यक्ष रावलले जनाएका छन ।

विद्यार्थी संगठनले अधिवेशन पूर्व सुदूरपश्चिम विश्वविद्यालयमा फुटबल खेलको आयोजना यहि १४ गते गर्ने तयारी तिव्र रुपमा अघि बढेको सुपविवि विद्यार्थी संगठनका का.वा.अध्यक्ष तथा

फुटबल संयोजक शुभम् चन्दले बताएका छन ।

यस भन्दा पूर्व सम्पन्न फुटवल खेल को पहिलो टिमलाई पुरस्कार २० हजार र दोस्रो १० हजार रहेको थियो भने अव सञ्चालन हुन गईरहेको पुरस्कार राशि पहिलो हुने टिमलाई ५० हजार र दोस्रो ३० हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply