बैतडीमा काेदालाे प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाकाे मृत्यु

८ चैत धनगढी
बैतडीमा काेदालाे प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाकाे मृत्यु भएकाे छ। दुई घाइतेको नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाकाे डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीकाे काेदालाे प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीकाे मृत्युु भएकाे हाे । काेदालाे प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीकाे उपचारको लागि स्थानीय स्वास्थ्यचाैकीमा पुर्याउदा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयाे । यस्तै गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलाैनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयाेगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । कलाैनी र भट्टलाई नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरि थप उपचारको काेहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई काेदालाे प्रहार गरेकाे र त्यसपछि उनकै घरमा डेरा गरि बसेका कलाैनी र भट्टमाथि पनि काेदालाे प्रहार गरेका जनाइएको छ । किसनले काेदालाे प्रहार किन गरे भन्ने बारे खुल्न सकेकाे छैन् । काेदालाे प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टाेली घटनास्थलतर्फ गएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply