कृष्णपुरमा पहिलो होली मिलन तथा सांस्कृतिक कार्यक्रम २०८० सम्पन्न

सरस्वती सुनार
धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ८ स्थित वडा कार्यालयको प्राङ्गणमा बिहीबार होली मिलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कृष्णपुर नगरपालिका नगर उप-प्रमुख द्राेपती रानाकाे अध्यक्षतामा भएको होरी मिलन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हेमराज ओझा रहेका थिए । कार्यक्रममा नगरपालिका का सम्पूर्ण वडा बाट राना थारु को होरीको नाचबाट नै होली मिलन कार्यक्रम सम्पन्न भएको छ।

हाेरी पर्व रङ्गकाे पर्व मात्र नभएर राना थारु समुदायकाे पहिचान र ईतिहास बाेकेकाे पर्व समेत रहेको नगर प्रमुख हेमराज ओझाले बताउनु भयो । कार्यक्रममा रानाथारु कलाकार गायक अमर राना, रितु चौधरी, पार्वती राना लगायतको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।
कार्यक्रममा सम्वाेधन गर्दै नगर प्रमुख ओझाले भने हाेरीले एक आपसमा अपनत्व, मिलन र सुमधुरता ल्याउने पर्व रहेको बताउदै यसले समाजमा विभेद रहित समाज बनाउन सहयाेग पुग्ने ओझाले बताए । पश्चिम कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसाेबास रहेकाे रानाथारु समुदायले हाेली पर्व विषेश महत्वका साथ मनाउने गर्छन ।कार्यक्रममा रानाथारु समुदायकाे हाेलीमा नाचिने डंका नाच तथा झाँकी प्रदर्शन गरिएको थियाे । राना थारु समुदायकाे नयाँ पुस्ताले हाेरी पर्व मनाउने परम्परा बिर्सिदै गएकोमा दुख ब्यक्त गर्दै यसलाई अनुसरण गर्न रानाथारु अगुवाहरुलाई अनुराेध गरेका छन । विगतमा एक महिना सम्म नाचिने डंका नाच अर्थात हाेरी नाच आजभाेलि दुई चार दिनमा मात्र सिमित भएको छ ।
उपप्रमुख द्राेपती रानाले कार्यक्रममा होरीको सुभकामना दिदै जातिय हक अधिकारका लागि आफू र कृष्णपुर नगरपालिका हरदम तयार रहेको र यसमा सबैको साथ हुनुपर्ने बताइन ।

द्राेपती राना सभापति रहेकाे उक्त हाेली मिलन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हेमराज ओझा रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका सदस्य जय सिंह बिष्ट, कृष्णपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माेहन बस्नेत वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन साउद, वडा नम्बर ३ का वडा अध्यक्ष खेमराज चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष धर्म बहादुर सिंह,वडा नम्बर ५ का वडा अध्यक्ष टेक पाण्डे, वडा नम्बर ६ का वडा अध्यक्ष बाबुराम चौधरी वडा नम्बर ७ का वडा अध्यक्ष घुम्न राना वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्का वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायर सहभागी रहेका थिए ।कार्यक्रममा रानाथारूकाे सँस्कृती झल्किने विभिन्न झाँकी एवम हाेली नाच प्रस्तुत गरिएकाे थियाे। कृष्णपुर नगरपालिकाका विभिन्न वडाबाट सम्पुर्ण भलमन्सा तथा सर्वसाधारणकाे समेत उपस्थिति रहेकाे थियाे। कार्यक्रमलाई सम्बाेधन गर्दै बक्ताहरूले सम्पुर्ण नेपाली जनमा हाेलीकाे शुभकामना ब्यक्त गरेका छन। स्वागत मन्तब्य कृय्णपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष खेमराज चौधरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply