दोधारा चाँदनी प्रहरीले लागुऔषध तथा मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न

९ चैत धनगढी
दोधारा चाँदनी प्रहरीले लागुऔषध तथा मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । अस्थायी प्रहरी पोष्ट माहाकाली झोलुङ्गे पुलको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ४ महाकाली झोलुङ्गे पुलमा लागुऔषध तथा मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको स्थायी प्रहरी पोष्ट माहाकाली झोलुङ्गे पुलले जनाएको छ् । कार्यक्रममा अस्थायी प्रहरी पोष्ट माहाकाली झोलुङ्गे पुल दोधारा चाँदनीका ईन्चार्ज तथा असई भुवन सिंह धामी, माईती नेपाल कञ्चनपुरको टोली, सशस्त्र प्रहरीको एक टोली, माहाकाली झोलुङ्गे पुल बजारका ब्यापारी, पर्यटक तथा स्थानियहरुको सहभागीता रहेको थियो । लागुऔषध सेवन गर्दाको अवस्था, कानुनी अपराध तथा मानव बेचबिखन के हो ? दोधारा चाँदनी नगरपालिका भारत सित जोडिएको खुला सिमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपासरको अवस्था तथा कानुनी उपचार लगाएत बिषयमा छलफल गरिएको स्थायी प्रहरी पोष्ट माहाकाली झोलुङ्गे पुल दोधारा चाँदनीका ईन्चार्ज तथा असई भुवन सिंह धामीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply