नेपाल बैंक लिमिटेडको महेन्द्रनगर शाखाले उत्कृष्ट बैंकिङ सेवासँगै वित्तिय साक्षरता कार्यक्रममा पनि उत्तिकै जोड दिदैँ

१० चैत धनगढी
नेपाल बैंक लिमिटेडको महेन्द्रनगर शाखाले उत्कृष्ट बैंकिङ सेवासँगै वित्तिय साक्षरता कार्यक्रममा पनि उत्तिकै जोड दिदैँ आएको छ । विगतदेखि नै नियमित रुपमा वित्तिय सारक्षरता गदैँ आएको महेन्द्रनगर शाखाले ग्लोबल मनी सप्ताहको अवसरमा बजार देखि र सामुदायिक बिद्यालय सम्मका बित्तीय साक्षरता सम्बन्धी भब्य कार्यक्रमहरू गरेको हाे ।

बैंकले शुक्रबार महेन्द्रनगरस्थित अग्रणि सामुदायिक बिद्यालय श्री लक्ष्मी माध्यमिक विद्यालय,बागफाटामा वित्तिय साक्षर कार्यक्रम सञ्चालन गरेको हो ।उक्त कार्यक्रममा ५०भन्दा बढी कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरू तथा सिक्षकहरूको सहभागिता रहको थियो भने नेपाल बैंक लिमिटेडको तर्फ बाट शाखा प्रवन्धक महेश राज जोशी,अप्रेशन ईन्चार्ज सुरेश परि र कर्जा सहायक भावना शाहको बिसेस प्रस्तुति रहेको थियो।

बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशीले ग्लोबल मनी सप्ताह अन्र्तरगत वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको बताए । शुक्रबार नै नेपाल बैकले बित्तीय साक्षरताको पुर्बसन्ध्यामा महेन्द्रनगर बजारमा बित्तीय जागरण सम्बन्धी बिभिन्न नाराहरूअंकित पल्लेकार्ड सहित बजार परिक्रमा गरेको थियो। शाखा प्रवन्धक जोशीका अनुसार उक्त कार्यक्रममा प्रधान कार्यालय संस्थागत कर्जा बिभागका मुख्य प्रबन्धक शिबराम मिश्र,उप प्रबंधक सन्तोष शर्मा र नेपाल बैंक लिमिटेड सुदूर पश्चिम प्रादेशिक कार्यालयका उप प्रमुख कमल बहादुर चन्द सहित महेन्द्रनगर शाखामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

वित्तिय साक्षरता कार्यक्रममा बैंक, बैकिङ कारोबार, निक्षप, बैंक खाता, शेयर बजार लगायतको विषयमा जानकारी दिईएको थियो । आम नागरिकलाई बैंकिङ सेवाकाे पहुँचमा जाेड्नका लागि कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख जाेशीकाे भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply