राजापुर मुलभन्सार कार्यालय सहयोगिको भरमा : सुरक्षाकर्मीकाे मिलेमतो मा व्यापक तस्करी

गणेश क्षेत्री /
धनगढी : लुम्बिनी प्रदेशको राजापुर स्थित मुलभन्सार कार्यालय सहयोगिको भरमा रहेको छ। राजापुरमा चोरीपैठारी अत्यधिक हुनाले भन्सार मा कोहि नआउने गरेको पाइएको छ। कार्यालय सहयोगी चौधरी ले भन्सार बनाइदेउ भनेर कोहि नआउने गरेको बताउनुभयो
इलाका प्रहरी कार्यालय राजापुर र सशस्त्र प्रहरी को प्रस्तावित गुल्म राजापुर का सादा पोसाकमा खटाइएका प्रहरी ले नै तस्कर सङ्ग मिलेमतो गरेर तस्करी लाई बढावा दिएको स्थानीय ले बताए
सुरक्षा निकायनै रकमी मोहमा डुबेकोले ठुलालाइ चैन सानालाइ एैन भएको ले सेटिङ गर्नेलाई उम्किन दिने तर सेटिङ गर्न नसक्नेलाइ पक्राउ गर्नाले साना तस्करी गर्नेहरुको भागाभाग भएको छ
सशस्त्र प्रहरी प्रस्तावित गुल्म राजापुरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक तिर्थ न्यौपाने सङ्ग सशस्त्र प्रहरीको मिलेमतो मा तस्करी हुँदैछ भन्ने जानकारी प्राप्त भएको छ । वास्तबिकता केहो भनेर दुई पटक प्रस्न गर्दा जवाफै नदिएर फोन काट्नु भयो गुल्मपती को निर्देशन मा उनको मातहत मा रहेको बिओपी ले मासिक रकम उठाउने गरेको बुझिएको छ ।

सिमावर्ती बजार तिकुनियाका असलम खान ले सामान राजापुर को लागि भनेर जान्छ यो नाका मात्रै होइन हरेक नाकाबाट जान्छ तर भन्सार बनाउने गर्छन कि गर्दैनन् त्यो आफुलाइ जानकारी नभएको बताए
उनिमात्रै होइन अन्य व्यापारी समेत राजापुर को नाकाबाट सामान जाने गरेको बताउनाले पनि तस्करी हुदैछ भनेर पुस्टि हुन्छ
ईलाका प्रहरी कार्यालय राजापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक किरण प्रसाद न्यौपाने ले तस्करी रोक्न सक्दो प्रयास गरेको बताउनुभयो तर भन्सारमा कुनैपनी ब्यापारी भन्सार बनाउन आउँदैनन जतिपनी राजस्व सङ्कलन हुन्छ त्यो भारतिय सवारीसाधन बाट मात्रै असुली हुनेगरेको छ भनेर प्रस्न गर्दा अबैध रुपमा सामान भित्रीएको पाइएको सामान जफत गर्ने गरेको बताउनुभयो

कार्यालय सहयोगी रामसिह चौधरी ले भन्सार मा कोहि व्यापारी आउँदै आउँदैनन कर्मचारी बसेर मात्रै के गर्नु भन्नुभयो
राजापुर मुल भन्सार ले श्रावण मा १ लाख ४९ हजार ९ सय , भाद्रमा १ लाख ६३ हजार ५ सय १९ असोजमा १ लाख ५४ हजार ५ सय ४१रुपैयाँ ,कार्तिक मा २ लाख ६४ हजार १सय ७६रुपैयाँ , मङ्सिर मा १ लाख ४५ हजार ३ सय ७२ , पौष मा १ लाख २७ हजार ८ सय , माघ मा १ लाख १५ हजार ४ सय रुपैयाँ र फाल्गुन मा १ लाख २६ हजार २ सय रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार प्रमुख धनबहादुर शाहिले बताउनुभयो

भन्सार प्रमुख शाहीका अनुसार पहिला भन्दा तस्करी गर्नेलाई अझै कडाइ गरियको र गस्ती समेत नियमित गर्नेगरेको बताउनुभयो
मुलभन्सार भएपनी कुनैपनी व्यापारी कुनैपनी सामानको राजस्व काट्न भन्सार मा नआउनु र दैनिक ५ हजार को हाराहारी मा भारतिय सवारिसाधन बाट मात्रै राजस्व सङ्कलन हुने तथ्यांक ले पनि राजापुरमा तस्करी व्यापक हुँदैछ भनेर प्रमाणित हुन्छ स्थानीय बताउँछन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply