स्वस्थ रहौ ब्यस्त रहौ भन्दै सीता सामुदायिक वनले मनायो होली

सरस्वती सुनार
कञ्चनपुर : सीता सामुदायिक वनको आयोजनामा होली मिलन कार्यक्रममा सम्पन्र।कार्यक्रमका प्रमुख अतिथि सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीकाे आयोजनामा आइतबार सीता सामुुदायिककाे प्राङ्गणमा सम्पूर्ण समिति परिवारका साथ विषेश कार्यक्रम गरि मनाइयो ।
सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले संस्कृति र चाडपर्वको संरक्षण, सम्बर्धन तथा सशक्तीकरण एक महत्वपूर्ण दायित्व रहेको सो दायित्वलाई निर्वाह गर्न सीता सामुदायिक वनले यस्ता कार्यक्रमहरुको आयोजना विगतको दिनमा समेत गरिरहेका र आगामी दिनमा समेत गरिने बताए ।

समितिले होलीको अवसर पारेर विशेष समारोहका साथ होली पर्वको शुभकामना आदान–प्रदान गर्ने गरेका थिए । 
हरेक वर्ष फागु पूर्णिमामा मनाइने यो पर्वमा आपसमा रङ खेलेर सद्भाव साट्ने गरिन्छ । पहाडी क्षेत्रमा आइतबार होली मनाउँदै छन् भने तराईमा साेमबार होली मनाइने छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply