चितुवाको आक्र्रमणमा परेर वनका एक कर्मचारी घाईते

१३ चैत धनगढी
चितुवाको आक्र्रमणमा परेर वनका एक कर्मचारी घाईते भएका छन । मंगलबार बिहान चितुवाको आक्र्रमणमा परेर डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी अर्जुन थापा घाईते भएका हुन । चार दिन अघि मात्रै कृष्णपुर नगरपालिका १ मोतिपुरमा शिकारीको जालमा परेको चितुवाको वनको टोलीको उद्दार गरेको थियो ।

उद्दार गरेको चितुवा डिभिजन वन कार्यालय महेन्द्रनगर कार्यालयमै राखिएको थियो । शिकारीको जालमा परेर घाईते भएको चितुवाको उद्दार गरेर डिभिजन वन कार्यालयमा राखिएको चितुवा वनमा छाड्न खोज्ने क्रममा घाईते भएका हुन । घाईते डिभिजन वन कार्यालयका जमदार थापाको दाया हातमा चितुवाले नङग्रा प्रहारबाट घाईते भएका छन ।

उनको महाकाली अस्पतालमा उपचार भईरहेको छ । ‘आज बिहान निकुञ्जको टोलीले चितुवालाई उद्दारका लागि डाट हानेको थियो, ‘उनले भने, ‘मैले बेहोस चितुवा सोचेर उद्दार गर्न खोज्दा आक्र्रमण गरिदियो ।’

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले वनमा छाड्ने क्रममा चितुवाको आक्र्मणमा परेर घाईते भएका कर्मचारीको उपचार भईरहेको बताए । ‘हामीले चितुवालाई लालझाडी मोहना सरक्षित वनका छाडेका छौँ, ‘उनले भने, ‘घाईते कर्मचारीको पनि उपचार भईरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply