कञ्चनपुरको बेदकोट नगरपालिका ८ नम्बर वडामा केही स्थानीयले होली कार्यक्रम

१३ चैत धनगढी
कञ्चनपुरको बेदकोट नगरपालिका ८ नम्बर वडामा केही स्थानीयले होली कार्यक्रम गरेका छन । बेदकोट नगर ८का गैलनदी क्षेत्रका केही स्थानीय अगुवा, समाजसेवीहरुले यस बर्षको होली कार्यक्रम गरेका हुन । उनीहरुले गाँउमै होली खेलेका छन ।

बाह््रपन्थी दशनामी सम्प्रदाय लगायतका अन्य समुदायका अगुवाहरुले तीन दिन होली खेलेका हुन । बेदकोट नगरपालिका ८का स्थानीय बुद्धिजिवी प्रमानन्द नाथले धर्म संस्कृतिक सस्कार सरक्षणका लागि रंगहरुको पर्व होली खेलिएको बताए । उनका अनुसार होलीबाट संकलन भएको केही रकम स्थानीय बैजनाथ मावि गैलनदीका दुई उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिने छ ।

विद्यालयका जेहेन्दार, गरिब एव आर्थिक रुपमा विपन्न एक छात्र, एक छात्रालाई चालु शैक्षिक सत्र ०८० का उत्कृष्ठ विद्यार्थीलाई जनही १हजारका दरले पुरस्कार वितरण गरिने नाथले बताए । यसका साथै उक्त होली कमिटिले संकलन गरेको रकम मध्ये बेदकोट नपा रौटेलामा रहेका बृद्धआश्रममा फलफुल एव मिठाई वितरण गरिएको छ । गाँउमै रहेको कफ्लेश्वरी भगवती मन्दिरको रंगरोगनका लागि समेत ३ हजार रकम प्रदान गरिनेछ । बाह््रपन्थी दशनामी सम्प्रदाय लगायतका अन्य समुदायका अगुवाहरुले खेलेको होलीबाट संकलन भएको रकम समुदायकै लागि खर्च गरिनेछ । उक्त होली समुदायका अगुवा हर्कनाथ (योगी), दुर्गा नाथ, प्रकास नाथ, जयदेव नाथ, तारा नाथ, नरेश गिरी, धर्म गिरी सहितका अगुवाहरुले नेतृत्व गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply