कंचनपुर मा कुकुर बन्ध्याकरण गर्दा मापदण्ड बिपरित भएको पुष्टि

गणेश क्षेत्री
धनगढी : पुनर्बास नगरपालिका पशु सेवा उपकेन्द्र कंचनपुर को वडान ८ मा कुकुरको बन्ध्याकरण गर्दा अमानबिय मापदण्ड बिपरित र क्रूरता भएको पुस्टि भएको छ।
डाक्टर ले बन्ध्याकरण गर्नुपर्नेमा पशु प्राबिधिक ले नै बेहोस पारेर जथाभावी कुकुरको बन्ध्याकरण गर्दा कुकुरहरू को मृत्यु भएको पाइएको छ
भुस्याहा कुकुर को बन्ध्याकरण गर्ने भनेर पशु सेवा उपकेन्द्र कंचनपुर ले सुचना प्रकाशित गरेको थियो ।
सामुदायिक कुकुर नभनेर किन भुस्याहा भनेको भनेर प्रस्न गर्दा नगरपालिका का डा उज्ज्वल सापकोटा ले भुस्याहा कुकुर भनेर सुचना प्रकाशित गरेको त्रुटिपूर्ण भएको र अबदेखी सामुदायिक कुकुर भनेर नै सम्बोधन गर्ने बताउनुभयो
कुकुरलाई बन्ध्याकरण गर्दा एनेस्थिसिया दिएर बेहोस बनाइने विशेषज्ञ को उपस्थितिमा मात्रै गरिन्छ तर त्यहाँ पशु प्राबिधिक ले नै एनेस्थिसिया दिएर बेहोस पार्ने र बेहोस अवस्थामा पनि कुकुर को मुख बाँधेर प्राबिधिक ले बन्ध्याकरण गरेको हुनाले पनि पशु क्रूरता भएको प्रमाणित हुन्छ
बन्ध्याकरण गरेको कुकुरलाई न्युनतम पनि १२ घन्टा चिकित्सक को निगरानीमा कुकुरहरू लाई राख्नुपर्ने हुन्छ तर त्यहाँ बन्ध्याकरण गरेको केही घन्टा मै कुकुरहरू लाई अमानबिय तरिकाले शडकमा छोडियको स्थानीय ले बताए।
भेटेनरी तथा पशु सेवा बिज्ञ केन्द्र महेन्द्रनगरका प्रमुख चन्द्रकान्त पन्त ले बेहोस पारियको कुकुरलाई मुखमा रस्सिले बाध्नुभनेको गम्भीर त्रुटि भएको बताउनुभयो
पुनर्बास नगरपालिका का डा उज्ज्वल सापकोटा ले प्राबिधिक ले बन्ध्याकरण गरेको र एनेस्थिसिया दिएको स्वीकार गर्नुभयो अबदेखि समन्वय गरेर मात्रै बन्ध्याकरण गर्ने भनेर सचेत गरेका छौ डा सापकोटा ले बताउनुभयो ।
डा नरेश जोशिले बन्ध्याकरण गर्दा मापदण्ड पुर्याएर मात्रै गर्नुपर्ने मा पशु प्राबिधिक ले बन्ध्याकरण गर्नु कानुन र चिकित्सा को नियम बिपरित भएको ले सामुदायिक कुकुर को बाँच्न पाउने अधिकार हनन भएको बताउनुभयो ।
मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ मा पशुपन्छी सम्बन्धि कसुर को ब्यवस्था छ संहिताको दफा २९० मा पशु-पन्छिलाइ हिर्काउन ,कुट्न ,वा क्षमता भन्दा बढि भारी बोकाउन नपाइने तथा रोग , घाउ खटिरा भएको कुकुर लाई विष अथवा अन्य हानिकारक बस्तु सेवन गराउने कार्य गर्न नपाइने अथवा आफुले पालेको पशुपन्छी रोगी अथवा बृद्ध भएमा सार्बजनिक रुपमा छोड्न र कुनैपनी क्रूरता गर्न नपाइने यदि त्यस्तो कार्य गरेको अथवा गराएको पाइएमा ३ महिना कैद वा ५ हजार रुपैयाँ अथवा दुबै सजाय हुने प्राबधान हुनसक्ने कानुन मा ब्यवस्था रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply