पुनर्वास र टिकापुरको दोस्रो जित

१४ चैत धनगढी
धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्र्तपालिका टि–२० क्रिकेट प्रतियोगितामा बुधाबरार समूह ए का दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा कञ्चनपुरको पुनर्वास नगरपालिकाले भीमदत्त नगरपालिकालाई ६ विकेटले हरायो भने दोस्रो खेलमा कैलालीको टिकापुर नगरपालिकाले धनगढी उपमहानगरपालिकामाथि ६ विकेटकै जित निकाल्यो । यी दुबै टोलीको दोस्रो जित निकालेका हुन् । दुई खेलमा शतप्रतिशत नतिजा निकालेको पुनर्वास ४ अंकका साथ अंकतालिकाको शिर्ष र तीन खेलमध्ये दुईमा मात्रै विजय भएको टिकापुर दोस्रो स्थानमा छ ।पहिलो खेलमा भीमदत्तले दिएको ६९ रनको झिनो लक्ष्य पुनर्वासले ८.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । जसमा आयुव चन्दले अविजित २७ रनको योगदान गरे। भिमदत्तका मिलन बोहरा र प्रकाश विष्टले २÷२ विकेट झारे । त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको भीमदत्त १५.५ ओभरमा ६८ रनमा अलआउट भयो । उसका विरेन बमले १३ र अभिषेक थापाले ११ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भीमदत्तको पारि ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच समेत भएका पुनर्वासका खगेन्द्र कुँवर ४ विकेट हात पारे । यस्तै सचिन भट्ट र लेखनाथ शर्माले पनि २÷२ विकेट चट्काए । बुधबारनै भएको अर्काे खेलमा टिकापुरले धनगढीलाई ४ विकेटले पराजित गर्याे । धनगढीले दिएको ६९ रनको लक्ष्य टिकापुरले ८ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्याे । जसमा प्रेम शाहले सर्वाधिक २६ रन जोडे । फाप्लामै यसअघि पहिला ब्याटिङ गर्दै धनगढी १७.३ ओभरमा ६८ रनमा समेटियो । अविरल विकले २० रन हाने । टिकापुरका लागि सोलुप चौधरीले २ विकेट हात पार्दै म्यान अफ द म्याच भएका स्कोरर नुरेन अन्सारीले जानकारी दिए । यसअघि समूह बी बाट सेमिफाइनल पुग्ने दुबै टोलीको टुंगो लागिसकेको छ । समूह विजेता बन्दै डडेलधुराको परशुराम नगरपालिका र समूह उपविजेता बन्दै डोटीको शिखर नगरपालिका सेमिफाइनलमा पुगेका हुन् । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागीता रहेको छ । प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताए । उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएको छ । यो प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply