वन डढेलो रोकथामका लागि अभ्यास सामुदायिक वनमा पातपतिङ्गरहरू जलाउँदै, तस्विर

हेमा भट्ट
१५ चैत २०८०, बिहीबार
धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित तिन सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेपछि डढेलाे राेकथामका लागि अभियान सञ्चालन गरिएको छ ।
हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर बुझ्ने गरिन्छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेका सामुदायिक वन सीता सामुदायिक वन उपभोक्ता समुह,गौरादेवी सामुदायिक वन उपभोक्ता समुह र वनदेवी सामुदायिक वन उपभोक्ता समुह र यु एस आइडीकाे संयुक्त आयोजनामा आगलागी तथा वन डढेलाे राेकथाम र नियन्त्रण सम्बन्धी दुई दिने अन्तरक्रिया एवं कृत्रिम अभ्यास सुरु गरेका छन् । प्रायः यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति हुने गर्छ ।

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको सामुदायिक वन समन्वय समिति कञ्चनपुरका टिम लिडर शिव दत्त पन्तले रैकवार खबर दैनिक लाई बताउनुभयो । जसअन्तर्गत फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउने लगायतका कार्यहरू गरिएको छ । 
टिम लिडर पन्तले समुदाय, वन कर्मचारी उपभोक्ता, सरोकारवाला लगायत लाई अभ्यासगरि अगाडि बढाएको बताउनुभयो ।


सामुदायिक वन भित्री रहेका सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्व तयारीका कार्यक्रम गरिएको छ”, उहाँले भन्नुभयो । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

सामुदायिक वनमा डढेलो लाग्न प्राकृतिक कारणमात्र नभएर मानवीय कारणले पनि लाग्दै आएको छ । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ । नागरिकलाई सचेत गराउन सब डिभिजन वन र सामुदायिक वन समन्वय समिति र यु यस् आइडीको सहकार्यमा सामुदायिक वनमा फायरलाइन रेखा बनाएर नमुना अभ्यास गरिएको कञ्चनपुर टिमल लिडर शिव दत्त पन्तले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply