इन्डियन प्रिमियर लिग आइपिएल मा दिल्ली क्यापिटल्सविरूद्ध राजस्थान रोयल्सले रोमाञ्चक जित हात

१६ चैत धनगढी
इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सविरूद्ध राजस्थान रोयल्सले रोमाञ्चक जित हात पारेको छ।

गएराति सवाई मानसिंह स्टेडियम जयपुरमा भएको खेलमा राजस्थानले दिल्लीविरूद्ध १२ रनको रोमाञ्चक जित निकालेको हो।

१८६ रनको लक्ष्य पछ्याएको दिल्लीलाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो। अक्षर पटेल र ट्रिस्टन स्टुब्स ब्याटिङमा थिए।

पटेल ९ बलमा १३ रन बनाएर खेलिरहेका थिए भने २१ बलमा २ चौका र ३ छक्का हानिसकेका स्टुब्स ४२ रन बनाएर खेलिरहेका थिए।

अन्तिम ओभरमा तिनै स्टुब्स स्ट्राइकमा थिए।

राजस्थानले अवेश खानलाई अन्तिम ओभरको बलिङ गर्न पठाएको थियो।

पहिलो बलमा १ रन लिएर स्टुब्सले पटेललाई स्ट्राइक दिए।

दोस्रो बल डट, तेस्रो र चौथो बलमा पनि एक रन, पाँचौं बल डट र अन्तिम बलमा १ रन मात्रै बनाएपछि अन्तिम ओभरमा ४ रन मात्रै जोड्न सक्दा दिल्ली पराजित भएको हो।

खेलमा स्टुब्स ४४ रन र अक्षर पटेल १५ रन जोडेर नटआउट रहे।

त्यसअघि ओपनर डेविड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४९ रन बनाएका थिए।

त्यस्तै कप्तान रिशभ पन्तले २६ बलमा २ चौका र १ छक्का प्रहार गरी २५ रन जोडे भने मिचेल मार्सले १२ बल खेलेर ५ चौका प्रहार गर्दै २३ रनको योगदान गरे।

बलिङमा राजस्थानका यजवेन्द्र चाहल र नन्द्रे बर्गरले २/२ विकेट लिँदा अवेश खानले एक विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पाँच विकेटको क्षतिमा १८५ रनको योगफल तयार पारेको थियो।

रियान परागले ४५ बलमा ७ चौका र ६ छक्का प्रहार गरी ८४ रन र शिम्रोन हेटमेयर ७ बलमा १ चौका र १ छक्का प्रहार गरी नटआउट रहे।

राजस्थानका दुई ओपनर ययश्वी जैसवाल र जोश बटलर सस्तोमै आउट हुँदा कप्तान सन्जु सामसन पनि टिकेर खेल्न सकेनन्।

जैसवालले ५ रन, बटलर ११ रन र कप्तान सामसन १५ रन बनाएर आउट भएका थिए।

खेलमा रविचन्द्रन आश्विनले १९ बलमा ३ छक्का हानेर २९ रन बनाउँदा ध्रुव जुरेलले १२ बलमा ३ चौका प्रहार गरी २० रन जोडे।

बलिङतर्फ दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्त्जे, अक्षर पटेल र कुलदीप यादवले एक/एक विकेट लिए।

आइपिएलको जारी सिजनमा राजस्थानको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा उसले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गरेको थियो।

दिल्लीको भने यो लगातार दोस्रो पराजय हो। पहिलो खेलमा पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply