लोकतान्त्रिक समाजवादको अर्थ एक सक्रिय र जवाफदेही राज्य

१६ चैत धनगढी
लोकतान्त्रिक समाजवादको अर्थ एक सक्रिय र जवाफदेही राज्य हो । व्यक्तिगत स्वतन्त्रतालाई बलियो बनाउने तन्त्र हो । समाजवादले व्यक्तिवादको विरोध गर्दछ । समाजको आर्थिक र नैतिक आधार परिवर्तन गरी जीवन को सामाजिक नियन्त्रणमा व्यक्तिगत नियन्त्रणलाई प्रतिस्थापन गर्दछ । समाजवादले समानता, न्याय, सहयोग र सार्वजनिक स्वामित्वमा आधारित समाजको परिमार्जन गर्दछ । समाजवादमा शोषणको कुनै स्थान हुँदैन । पूँजीवादकोअन्त्य, समानताको प्रवर्द्धन एवं सम्पत्तिको निजी स्वामित्वको अन्त्य गर्दछ । हाम्रो समाजवाद कस्तो समाजवाद हो भन्ने विषयमा अझैँ व्याख्या गरिएको छैन । नेपाली राजनीतिलाई देख्दा भोग्दा राजनीतिमा सत्यको कुनै स्थान देखिन्न । यहाँ दोषी र निर्दोषिको निर्णय नेताहरुको परिस्थिति अनुसारहुन्छ । देशका राजनीतिज्ञहरू लाशमाथि पनि राजनीति गर्न हिचकिचाउँदैनन्। सत्यको लागि लड्ने मानिस सदा सर्वदा पछाडि पारिने राजनीति नेपाली विशेष्ता बोक्दै हिँडेको छ । सानो देशमा राजनीतिक हत्याका ठूला घटना घट्दै आएका छन् । राजनीतिमा घृणित अनुहार सदाबहार शक्तिमा छन् । कसले किन राजनीति गरिरहेको छ भनेर ठोकुवा गर्न सकिदैन । समाजवादको मुखौटोमा राजनीतिक नाटकको अन्त्य हुनु जरुरी छ । राजनीतिलाई विकास केन्द्रीत गराउन सकिएन भने राजनीतिक स्थिरता दीगो हुन सक्दैन । नेपालको संविधानले आत्मसाथ गरेका विषयवस्तु जनताप्रति न्याशील नहुन्जेल सम्म लोकतान्त्रिक भन्न सकिने आधार छैनन् । निर्वाचन सकिदै कुर्सी मोह देखाएर “मिसन चौरासी” को नारा लगाउनु निश्चय नै अस्थिरता माथि खेल्ने प्रयास हो । सरकार बनाउन सजिलो बहुमत प्राप्त गरेको “नेपाली काँग्रेस”को सरकार र दुईतिहाई नजिकको “नेकपा”को सरकार “कुर्सीकाण्ड”ले धाराशाही भएको इतिहास ताजै छ । देशलाई चुनावी माहौल बनाई रहनु कुन्सित स्वार्थले देशलाई आर्थिक दूर्गतितर्फ धेकल्नु हो । राजनीतिक दलको स्वार्थ कार्यकर्ता बनाउने र विशेष मान्छेको रजगजमा गाउँ कब्जा गर्ने रणनीतिलाई अब सर्वसाधारणले बुझ्नु जरुरी छ । गाउँमा सरपञ्चको झझल्को दिनेगरी पार्टी विशेषको वकालत गर्ने र गाउँमा विकासदेखि अप्ठेरोमा परेका बखत्रु नाकमुख नदेखाउने संस्कारलाई तिलाञ्जली दिनु आवश्यक छ ।

चुनाव जसरी पनि जित्ने राजनीतिलाई मतदाताले बुझ्नु र बुझाउनु छ । राजनीतिक आन्दोलनको नाममा धेरै समय खेर गएको छ । नेताहरु कतिसम्म आरामदायी भएका छन भने भ्रष्टाचार, भुटानी शरणार्थी, बालुवाटार जग्गा काण्ड र सुन काण्डमा ठूला भनिने छुद्रमतिका नेताको संलग्नता छ । राज्य संयन्त्रको कस्तो छ भनेर बुझ्नलाई ठूला भनिने दोषी नेतालाई घरमै गएर वयान लिएको घटनाबाट सवक सिक्नु पर्छ । थुनुवा परेमा कपोकल्पित रोगी बनाएर निजी अस्पतालमा भर्ना गर्ने र जेलको नाममा प्रहरीले आफ्नो कार्यकक्ष खाली गराएर थुनेका उदाहरणले देशमा लोकतन्त्र होइन नेतातन्त्रको अनुभूति भएको छ । राज्यसँग करुणा हुन्छ भनेर गृहमन्त्रीले जोशिलो भाषण गर्नुले त्यो करुणा केवल आरक्षित कथित नेताका लागि मात्र छ ।

अपराधका घटनाहरु सजिलै बाहिरिने र राज्यले छानबिन गर्न नसक्ने हो भने राज्यको हुनु के अर्थ छैन । राजनीतिक दलका बीचमा अनेकन खालेनाटके संवादले राजनीति प्रभावकारी देखिदैन । नेताको बकबासमा थपिने तालीले अपराधलाई ढाकछोप गर्ने परम्परा बसेको छ । प्रायः सबै दलमा शीर्ष नेतृत्व कुनै न कुनै काण्डमा मुछिएका छन्रु । नियन्त्रणकारी र न्यायशील संस्था मुकदर्शक बनेका छन्रु । धुर्तनेतालाई समर्थन गर्ने दलीय हैसियतका बारेमा खुला बहस हुँदैन । जनताले घरघरमा नेताको नकरात्मक र सकारात्मकपक्षमा छलफल गर्नु जरुरी भएको छ । मतदाताले कसलाई मत दिएर प्रतिनिधि बनाउदै छौ भनेर निष्कर्ष निकाल्न सकेन भने देशले अग्रगामी कदम लिन सक्दैन । नेता नग्नतामा छन्रु । एकले अर्कालाई खुइल्याउने भन्दा अरु काम राजनीतिक नेतृत्वको देखिदैन । आफ्नो स्वार्थका लागि नैतिकता गुमाउने दृष्ट्रान्त अनेकन छन् । परिवारवाद र अर्थवादमा अन्धा भएका नेताहरुले स्वाभीमानी एवं बुद्धिमान व्यक्तिको छनोट गर्न सक्ने हैसियत राख्दैनन्रु । नितान्त परिवारवाद, गुटवाद र अर्थवादले राजनीतिक नेताहरुको अनुहार गन्हाएको छ । नेताहरुले जतिसुकै महङ्गा लुगा लगाए पनि उनीहरु नग्नछन्रु । राष्ट्रिय पोषाक लाज छोप्नु वस्त्र होइन कि नङ्नताको माध्यम बनेको छ ।
नग्न नेताले राष्ट्रिय पोषाक लगाएर लोकतन्त्रको लज्जा बचाउन सकिदैन । लोकतन्त्र बचाउन विधिको शासन हुनु पर्छ । नेताहरुको गलत क्रियाकलापले राष्ट्रिय पोषाक भ्रष्टाचारीको पोषाक बन्दै छ । तडकभडकको फेसनले नेताको नग्नता छोपिएको छैन । नेता भनेको गुट वा परिवार वा सीमित आपराधिको मात्र अभिभावक बनेका छन् । कुनै पनि नेता देशको अभिभावक बन्न

सकिरहेका छैनन् । काला करतुत भएका ठगाहा, फटाहा, भ्रष्ट, बेइमान, नेताले जस्तुसुकै महङ्गो पहिरन लगाए पनि ऊ असभ्यताको बाहक भैरहेको छ । प्रत्येक पाँच वर्षमा जनताले सोचेरचुनावमा आफ्नो निर्णय दिन्छन् । सरकार बनाउने सिलसिलामा जन प्रतिनिधिको हैसियत र चरित्र उदङ्गो हुन्छ । जनताले लिएको निर्णय गलत थियो भनेर पछुताउनु बाहेक विकल्प रहन्न । जित्ने पार्टीका नेताहरूले आफुलाई “महान“ सम्झन्छन् । गुट धारीले जयगान गाउदा झन उनीहरु नाक ठाडो पार्दै जनताका ठेकेदार बन्छन् । नेताहरुमा लाज शरम देखिदैन । यद्यपि उनीहरुका बारेमा बाल्यकाल देखि जानकारी नभएको होइन । स्कुलबाट कलेजमा आउँदा होस वा गाउँमा होस निर्लज्जहरु नै राजनीतिमा लागेका छन् । निर्लज्ज समूहले असल गुणको कदर गर्ने वा काम गर्ने कुरै भएन । झुट बोल्ने, लाजमर्दोकाम गर्ने, जिम्मेवारी बहन नगर्ने, कुराकानीबाट टाढिने, अगाडि एउटा कुरा बोल्ने रपछाडी अर्कैबोल्ने, स्वार्थमा खुट्टा मल्ने, आफ्नो स्वार्थका लागि नजिककालाई धोकादिने आदि गुण भएका नेताको बाहुल्यता नेपाली राजनीतिमा छ । अहिलेको अवस्थामा नेतामा सत्यता र लज्जा छ भन्नु र गधाको सिङ हुन्छ भन्नु एउटै हो । नेताहरुको निर्लज्जतानै साहस र योग्यता बनेको छ । देश र जनताका लागि यही निर्लज्जता विनासको कारण बन्दै गएको छ । विभिन्न आरोपित भएका नेताहरु जेल जाँदा होस्रु वा जेलबाट रिहाइ हुँदा होस्रु अस्वाभाविक रुपमा माला, खादा र अबीर लगाउदा झनझन निर्लज्जताको पुष्टि भएको छ । बेइमानहरुको टाउको लाजले झुक्दैन बरु ठाडो हुन्छ । उल्टै जनता लाजले भुतुक्क हुने अवस्था सिर्जना हुन्छ । निर्लज्जताको संगतमा देशका आम मानिसले लाज गुमाउने भयको खतरा छ । राजनीतिज्ञको मुखौटोलाई अपराधले स्थायीकरण गरेको छ ।

राजनीतिमा लज्जाको पुनः स्थापना हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्छ । राष्ट्रिय परिदृश्यमा देखा परेका हरू आफ्नो चाल, चरित्र र व्यवहारले यति नाङ्गिएका छन्कि तिन्लाई नाङ्गो भन्नु नै “नाङ्गो” शब्दको उपहास हुन्छ । जस्तो सुकै आपराधिक घटनामा जोडिने नेताको टाउको लाजले झुक्दै झुक्दैन । “हग्या है धेक्या लाज” को अवस्था छ । प्रत्येक कुकार्यमा राजनीतिक नेतृत्वको नग्नतानै संघर्षको गाथा बन्दै गएको छ । अहिले नेताभन्दा पनि जनताको धैर्यता र लाजले लोकतन्त्र बाँचेको छ । जनता निर्दोष छन् । निर्लज्जताका कारण राजनीतिको व्यापारचलाउने नेतालाई लाजको प्रतिष्ठा पुनः स्थापित गर्न सकिने कुनै स्थान बाँकी छैन । नेताको चरित्रले लाजको पर्दाफास हुँदै गएको छ । राजनीति जनसेवाको माध्यम पटक्कै बनेन । राजनीति माने मिलौं, लुटौं र खाऔं भएको छ । यो आरोप होइन राजनीतिक नेतृत्वले देखाएको बाटो र चरित्रबाट स्पष्ट हुन्छ । जे जे का बिरुद्ध २०६२÷६३ सालको जनआन्दोलन–२ भएको थियो तेइ तेइ बाटोमा नेतागण अग्रसर छन् ।

एकवर्षमा तीन पटक सरकारबन्छ र ढल्छ ।सरकार बनाउनु र ढाल्नु नियमित प्रक्रिया जस्तै बनाएका छन् । आजको विपक्ष भोलि सरकारमा हुन्छ । नेपाली कुर्सी तन्त्रल ेभर्खर वामे सर्दै गरेको लोकतन्त्र बदनाम भैरहेको छ । नेताको विकल्प पनि छैन । तै पनि सार्वजनिक नेतृतव गर्ने नेताका बारेमा चर्चा परिचर्चा गरी मतदान दिनु आवश्यक भएको छ । अहिलेका नेताहरु सजिलै सुघ्रने आशा गर्नु आत्महत्या गर्नु सरह हुने छ । आगामी निर्वाचनमा जबसम्म यिन्लाई सडक छाप बनाएर हिँडाउन सकिदैन तबसम्म यिनीहरु सुघ्रने अवस्था छैन । विचारको हवाला दिने सबैजसो नेताहरुले आ–आफ्ना दलमा दुईटागुट वा शिविर निर्माण गरेका छन् । राज्यका निकायमा प्रतिनिधित्व गर्दा एउटै दलभित्र दुईटा गुटको प्रतिशत निर्धारण गरिएको छ । गुटले चाहेको भाग नपाउदा आफ्नै सरकार ढाल्ने संस्कारलाई “लोकतान्त्रिक पद्धति” भनेर व्याख्या गर्न लाज मान्दैनन्रु । एउटा व्यक्तिलाई कुर्सीमा बसाउने बहानामा देशलाई अनिर्णयको बन्दी बनाइएको छ । संघीयतालाई कार्यान्वयन गर्ने ऐनहरु बनाउन नसक्ने हुतिहारा जनप्रतिनिधि आफुले देश र जनताका लागि संघर्ष गरेको बताउछन् । नेताहरुकै द्वैध चरित्रले नेपाली राजनीति दिशाहीन भएको छ ।

अधिकांश राजनीतिक दलहरू व्यक्तिगत वा परिवारवादमा आधारित छन् । दलहरू लोकतन्त्र बचाउने नाममा आफ्नो अस्तित्व र परिवारजोगाउन व्यस्त छन् । जुनसुकै प्रदेशको कुरा ग¥यौँ त्यसले कतैन कतै त्यहाँको राजनीतिलाई प्रभाव पार्छ । जन भावनालाई सम्बोधन गर्ने क्रममा प्रमुख राजनीतिक दलहरू टाढा छन् । व्यक्ति शक्तिशाली बनाउदा भ्रष्टाचारमा संलग्न भएका शीर्ष नेतृत्वलाई कार्वाही गर्ने अवस्था छैन । कानुनको नजरमा सबै समान भन्ने उक्ति नेपाली राजनीतिमा कहिल्यै लागु भएन ।

जुनसुकै नेताले भन्दै आएको समाजवाद, अखण्डतावाद, साम्यवाद, साम्राज्यवाद, अल्पसंख्यकवाद आदिवादहरु सामन्तवाद र अधिनायक वादका सहोदर हुँदै आएका छन् । नेताको अधिनायकवादी चरित्रले विश्वसनीयता माथि प्रश्न चिन्ह खडा गरेको छ । नेताहरुको अयोग्यताकै कारणले राजनीतिक मुद्दाहरु सर्वोच्च अदालतमा मुद्दाको रुपमा जाने गरेका छन् । सन्काहा राजनीतिक पात्र र चरित्रले गर्दा लोकतन्त्रको आँगनमा सामन्तवादको मञ्चन भैरहेको छ । अहिले सामन्तवादको स्वरुप परिवर्तन भएको छ । परम्परागत सामन्तवाद एक मध्य युगीन प्रशासनिक प्रणाली रसामाजिक प्रणालीमा आधारित थियो । स्थानीय शासक (सामन्त)ले पनि राजा वा कुनै केन्द्रीय शक्तिले प्राप्त गरेको शक्ति रअधिकारको प्रयोग गर्थे। तत्कालिन अवस्थामा विभिन्न वर्गका सामन्तले कथित तल्लो तहका किसानलाई दास बनाउथे । किसानको उत्पादनमा सामन्तको हक कायम हुन्थ्यो । सामन्तवादले सामाजिक, आर्थिक र राजनीतिक प्रणालीकोसमूह निर्माण गरी जीविको पार्जनको साधन कृषि उत्पादनलाई आफ्नो लागि हो भन्ने मान्यता स्थापित गराएका थिए । भूमि किसानलाई श्रम गरे वाफत्रु पारिश्रमिक दिइदैन्थे । आधुनिक सामन्तहरु दलाल पूँजीवादको शरणमा पर्दै देशको कृषि, उद्योग एवं व्यापारलाई नष्ट गरी मालिकले तोकिदिएको कमिशनमा पालिदै छन् । सामन्तवादी व्यवस्थामा राजाका अधिनस्त स–साना सामन्त हुन्थे । सामन्तका अधिन किसान थिए जसले सामन्तका लागि काम गर्थे । सामन्त आफ्नो क्षेत्राधिकार भित्र निरङ्कुश शासक मानिन्थे । फलस्वरुप दास प्रथाको उदय भएको थियो । श्रमिकमाथि सामन्तले दबाव दिएर राजाको इच्छानुसार उत्पादन गर्थे । कृषि उत्पादन लुटेर राजाकहाँ पुर्याउथे । तत्कालिन सामन्तहरुले आधुनिक सामन्तले झैँ शान्ति र सुरक्षाको हवाला दिएर लुट्थे । शासकको बिरोध गर्नु भनेको व्यवस्थाको बिरोध मानिन्थ्यो । आधुनिक नेपाली सामन्तहरुको रुप परिवर्तन भएको छ । लोकतन्त्रको हवाला दिएर देशी विदेशी प्रभुको इच्छा पुरा गर्न शान्ति, सुरक्षा, सुशासन र न्याय प्रणालीको वकालत गर्दै देशमा कमिशनखोरी संस्थागत गर्दै मोटाउदै गएका छन्रु । हिजो र आज श्रमिकको बिचल्ली नै देखिन्छ ।

संविधानको हवाला दिदै समाजवाद उन्मुख व्यवस्था भनिए पनि सारमा सामन्तीसमाजवादी राज्य सत्ताको झझल्को दिइरहेका छ । औद्योगिक विकासका कार्यक्रम छैनन्, स्थापित कलकारखाना बन्द छन्, राष्ट्रिय उद्योगपति उत्पादन भन्दा राजनीतिमा पैशा लगाएर सांसद भैरहेका छन्, कृषि क्षेत्र बाझो छ, युवाशक्ति अदक्ष श्रमिकको रुपमा पलायन भैरहेका छन्, देशमा रहेका युवालाई रोजगारी छैन, राज्यद्वारा उपेक्षित भएका वर्ग, जात र क्षेत्र अझैँ पछाडि पारिएकै छन् । आम नेताहरु अनेकन भ्रष्टाचारको काण्डमा मुछिएकै छन्रु । भुटानी शरणार्थी काण्ड, सुन काण्ड र ललिता निवास काण्डमा कथित भिभिआइपी भनिने नेताहरुको बयान लिने पद्धतिले पनि नेपालमा सामन्तवादले नयाँ स्वरुपमा स्थापित भएको छ भन्न सकिन्छ । देशको कानुन ठूलाबडालाई लाग्दैनलाग्ने अवस्थालाई कसरी लोकतान्त्रिक भन्न सकिन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply