धनगढीमा सम्पन्न दाेस्राे संस्करणको प्रिमियर लिगकाे उपाधि आलितालले जित्याे

१७ चैत धनगढी
धनगढीमा सम्पन्न दाेस्राे संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगिताकाे उपाधि डडेल्धुराकाे आलिताल गाउँपालिकाले जितेकाे छ । शनिबार सम्पन्न फाइनल भिडन्तमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको राेमाञ्चक जित निकाल्दै आलितालले उपाधि रक्षा गर्याे । उपाधिसंगै आलितालले २ लाख पुरूस्कार पायाे भने परशुरामले १ लाखमा चित्त बुझायाे । जितका लागि पाएकाे १११ रनकाे लक्ष्य आलितालले १८.१ ओभरमा ९ विकेटकाे क्षतिमा पूरा गर्याे । जसमा दिलबहादुर बाेहराले ३० र राजु रिजालले २२ रनकाे याेगदान गरे। परशुरामका महेन्द्र धामीले ३ र कृष्ण विष्टले २ विकेट लिए । त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे परशुराम १०७ रनमा समेटियाे । उसका यश कठायतले ३२ र मान साउले २१ रन जाेडे । आलितालका हिक्मत महरा र निरज ऐरले ३/३ विकेट झारे। हिक्मत म्यान अफ द फाइनल चुनिएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयाे । आलितालका दिलबहादुर बाेहरा म्यान अफ द सिरिज,परशुरामका राज बिक बेस्ट ब्याटर,कृष्ण विष्ट बेस्ट बलर र परशुरामकै अर्जुन बिक उदयीमान खेलाडी भए ।

विजेता, उपविजेता र अन्य खेलाडीहरूलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, परशुराम नगरपालिकाका मेयर भरत बडायर जाेशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशी,क्यानका केन्द्रीय सदस्यद्वय धिरेन्द्र सावद र विरेन्द्र चन्दलगायतले पुरूस्कार वितरण गर्नुभयाे । समापन समापन समाराेहमा बाेल्दै क्यानका अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि आफू लागिपरेको बताउनुभयाे । कैलाली जिल्ला क्रिकेट संघको आयाेजनामा चैत ५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूकाे सहभागीता रहेकाे थियोे । प्रतियोगिताले क्रिकेटकाे विकास र खेलाडी उत्पादनमा सहयाेग पुग्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply