नेपालको ‘ए’ टिम आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजमा पराजित

१७ चैत धनगढी
नेपालको ‘ए’ टिम आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजमा पराजित भएको छ।

शनिबार भएको सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएसँगै एक खेल बाँकी छँदै आयरल्याण्ड वुल्भ्सले सिरिज जितेको हो।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड वुल्भ्सले दिएको २२५ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७.५ ओभरमा १८४ रन बनाएर अल आउट भयो।

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए। उनले २५ बलमा ७ चौका प्रहार गरेका थिए।

शुक्रबारको खेलमा शतक प्रहार गरेका लोकेश बम आजको खेलमा २५ रन बनाए आउट हुन पुगे। १३ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै कप्तान विनोद भण्डारीले १३ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन बनाएका थिए।

बसिर अहमदले २७, आरिफ शेखले १४ , कमलसिंह ऐरीले ११ र पवन सर्राफले १० रन जोडे।

बलिङतर्फ बेन ह्वाइटले ३ तथा थोमस मेइज र फियोन ह्यान्डले २/२ विकेट लिँदा ग्यारेथ डेलानी र म्याथ्यु फरेस्टले एक/एक विकेट लिए।

पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ६ विकेट गुमाएर २२४ रन बनाएको हो।

आयरल्याण्ड वुल्भ्सका लागि कप्तान नेइल रक ३४ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै ७१ रन बनाएर नट आउट रहे। फियोन ह्यान्ड पनि १९ रन बनाएर नट आउट रहे।

त्यस्तै पिटर मुरले बिस्फोटक ब्याटिङ गर्दै २६ बलमा ३ चौका र ७ छक्काको मद्दतबाट ६५ रन जोडे।

ओपनर जेम्स मिककोलुमले १३ बलमा ३ चौका र २ छक्का प्रहार गरी २६ रन बनाउँदा ओपनर रोस अदेरले १७ रनको योगदान गरे।

नेपालका लागि सागर ढकालले ३ विकेट तथा कमलसिंह ऐरी र पवन सर्राफले १/१ विकेट लिए।

सिरिजको पहिलो खेलमा नेपालले २२३ रनको लक्ष्य पाएकोमा २१ रनले पराजित भएको थियो।

सिरिजको अन्तिम खेल सोमबार हुनेछ।

टी-२० पछि यही टिमबीच चैत २१ गतेदेखि एकदिवसीय सिरिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply