शनिबार दिउँसो कर्णालीमा चट्याङ र हावाहुरीसहित असिना पानी, एक बालिकाको मृत्यु

१७ चैत धनगढी
शनिबार दिउँसो कर्णालीमा ठुलो मात्रामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको छ। विशेषगरी सुर्खेतमा ठुलो मात्रामा असिना परेको छ । चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले रातोपाटीलाई जानकारी दिए ।

चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । तर, उनको बाटोमै मृत्यु भइसकेको हो। साथै त्यहाँ एउटा बाख्रो पनि मरेको प्रहरीले जनाएको छ।

हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ । टिप्नै लागेको गहुँ बालीमा असिनाले क्षति पुर्‍याउँदा किसानहरू भने चिन्तित बनेका छन्।

असिना राजधानी वीरेन्द्रनगरमा विगत चार पाँच वर्षयताको सबैभन्दा धेरै परेको स्थानीयहरूले बताएका छन् । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर वलीले हावाहुरीले विभिन्न ठाउँमा भइरहेको क्षतिबारे जानकारी लिने काम भइरहेको बताए।

जाजरकोटको बारेकोटमा भूकम्प पीडितका अस्थायी टहरादेखि गाउँपालिकाको वडा नम्बर २ मा रहेको स्वास्थ्य शाखा रहेको भवन र प्रहरी चौकीको छानो हावाले उडाएको जाजरकोट प्रहरीले जनाएको छ।

यस्तै रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९, मा रहेको इलाका प्रहरी कार्यालयको जस्तापाताले छाएको भान्सा घरमा क्षति पुगेको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

उक्त प्रहरी चौकीको जस्तापाता हावाले उडाएको सूचना अधिकारी धर्मेन्द्र खड्काले बताए । प्रदेश प्रहरी कार्यालयकाअनुसार हुम्लामा एक पनि प्रहरी चौकीमा क्षति भएको तर पुरा विवरण आउन बाँकी छ। हावाहुरीका कारण कर्णालीको विद्युत् अवरुद्ध भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply