खक्डेहरा मनाउँदै ,कैलाली र कञ्चनपुरमा साेमबार सार्वजनिक बिदा

हेमा भट्ट
कञ्चनपुर : रानाथारु समुदायले खक्डेहरा पर्व चैत १९ गते मनाउँदैछन् । होली (होरी)को अन्तिम दिनका रुपमा खक्डेहरा पर्व मनाइन्छ। सुदूरपश्चिमका राना थारु समुदायमा होरी महत्वपूर्ण पर्व हो। विषेश गरि सुदूरपश्चिम प्रदेश कैलाली र कञ्चनपुर जिल्लाका राना र कठरिया थारु समुदायमा ‘होरी’लाई विशेष रुपमा मनाउने गरिन्छ । 
दुवै समुदायका मानिसले होरी पर्वलाई महिनौं सम्म मनाउने गर्छन् । पश्चिमका राना थारु समुदायले माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म गरेर १ महिना ८ दिन र कठरिया थारु समुदायले करिब एक महिनासम्म होरी पर्व मनाउँदै आएका छन्।
“होरीको अन्तिम दिन खक्डेहरा फुटाइन्छ। खक्डेहराको दिन होरी पर्व बिसर्जन गरेर मिठो, मिष्ठान खाने चलन छ।
खक्डेहराको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले साेमबार तराईका २ जिल्ला कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply