ताइवानमा बुधबार बिहान गएको भूकम्पमा परी ४ जनाको मृत्यु भएको प्रारम्भिक विवरण, ५० जना बढी घाइते

२१ चैत धनगढी
ताइवानमा बुधबार बिहान गएको भूकम्पमा परी ४ जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

ताइवानी अधिकारीहरूलाई उद्धृत गर्दै अहिलेसम्म ४ जनाको मृत्यु भएको ५० भन्दा बढी मानिसहरू घाइते भएको बिबिसीले जनाएको छ।

ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर आज बिहान ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।

भूकम्पले त्यहाँका ठूलाठूला भवनहरूमा क्षति पुगेको तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।

अहिले त्यहाँ उद्धार कार्य चलिरहेको छ। भवनहरू खाली गरी मानिसहरूलाई खुल्ला स्थानमा राखिएको छ।

यसलाई ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प भनिएको छ।

अहिलेपनि पराकम्पहरू गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

सबैभन्दा ठूलो पराकम्प ६.४ म्याग्नेच्युड मापन गरिएको छ।

भूकम्पका कारण राजधानी ताइपेइमा समेत विद्युत आपूर्ति अवरूद्ध भएको छ।

त्यस्तै छिमेकी मुलुकहरू जापान र फिलिपिन्समा सुनामीको चेतावनी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply