सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै सुरू

२२ चैत धनगढी
सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै सुरू भएको छैन।

बिहीबार दिउँसो तीन बजे बस्ने भनिएको बैठक अपराह्न पाँच बजेसम्मका लागि स्थगित भएको थियो। बैठक अहिलेसम्म पनि सुरू भएको छैन।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार सरकारको अनुरोधमा बैठक सारिएको थियो।

बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यतालिका तय भएको छ।

बैठकमा सहभागी हुनका लागि सासंदहरू अहिलेसम्म प्रदेश सभा हलसम्म पुगेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply