नेपाल प्रहरीले अवैध लागू औषधसहित देशका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ

२३ चैत धनगढी
नेपाल प्रहरीले अवैध लागू औषधसहित देशका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २३ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २३ वर्षीय युवराज श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ७००६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५३ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका–८ बस्ने २९ वर्षीय इनर सरदार र झापा मेची नगरपालिका–१२ बस्ने ३३ वर्षीय सुवास राई रहेका छन् । लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प ७०१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ३८ वर्षीय विकास गौतमलाई अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कास्कीको अन्नपुर्ण गाउँपालिका-९ मौजाबाट अवैध लागू औषध गाँजा ४ किलोसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१८ रेशमखेती बस्ने ३९ वर्षीय हेमन्त भट्टराई र तनहुँ भिमाद नगरपालिका(३ माझकोट बस्ने २५ वर्षीय विनोद थापा रहेका छन् । प्रहरी चौकी बिरेठाटीबाट खटिएको प्रहरीले ग.१४ प २४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

पाँचथर, फिदिम नगरपालिका-४ गढीबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ३० मिलिग्राम र नगद ४० हजार ६ सय ५० रूपैयाँसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–४ वलफर टोल घर भएका २५ वर्षीय डेविट लिम्बु र सोही नगरपालिका–२ नयाँ बसपार्क बस्ने १९ वर्षीय कोमस लावती लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply