९ वटा खच्चरसहित कालिकोटका युवक पक्राउ

२४ चैत धनगढी
कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदालीबाट अबैंध रुपमा नेपालबाट भारत तर्फ लैजाने क्रममा अन्दाजी ५ लाख ४० हजार मूल्यको ९ वटा खच्चरसहित कालिकोटको सान्नि त्रिबेणी गाउँपालिका–६ बस्ने २० वर्षीय भक्त बि.सी.लाई शुक्रवार दिउँसो कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गेबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। उक्त खच्चरसहित उनलाई आवश्यक कारवाहीको लागि प्रहरीले कञ्चनपुर भन्सार कार्यालय गडडाचौकीमा बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply