गुजरातविरूद्धको फाइनलमा नेपाली टिममा चार परिवर्तन

२५ चैत धनगढी
आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको रणजी टिम गुजरातविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ। नेपालले टस जितेर ब्याटिङ रोजेको हो।

सिरिजको फाइनल खेलमा नेपाली टिममा अघिल्लो खेल खेलेका चार खेलाडी परिवर्तन गरिएको छ।

जसमा आकास चन्द, प्रतिश जिसी, ललित राजवंशी र अनिल साह टिममा छैनन्।

खेलमा रोहित पौडेल, सोमपाल कामी, अभिनास बोहरा र आसिफ शेख टिममा फर्किएका छन्।

नेपाली टिम : रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, अभिनास बोहरा।

यसअघि नेपाली टिमले लगातार तीन खेल जितेर फाइनलमा स्थान बनाएको थियो। नेपालले गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो। बरोडाविरुद्धको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो।

नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply