दलित समुदायको हक अधिकार सुनिश्चित गर्न नयाँ शक्ति निर्माण गर्छौ अध्यक्ष प्रेम बिसी

धनगढी :- राष्ट्रिय दलित मुक्ति अभियान चैत्र २४ धनगढी उपमहानगरपालिका स्थित फुलबारी मा सम्पन्न भयको छ।
समयको चक्र संग ईतिहास बदलियों शासन फेरियो तर दलित माथिको दमन घृणा अत्याचार कहिल्यै बदलिएन
राष्ट्रिय दलित मुक्ती अभियानका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रेम बिसीले, दलितको पक्षमा बोलिदिने कुनै पनि राजनीतिक दल नभएकोले अबका दिनमा सम्पूर्ण दलित एकै ठाउँमा उभिएर विषेश शक्तिका साथ अगाडि बढन आग्रह गरे । बृहत आमसभा लाई भब्यताका साथ सफल बनाउन आएका पाहुनालाई प्रमुख अतिथि बिसीले सबैमा हार्दिक आभार कृतज्ञता व्यक्त गर्नुभएको थियोे । सबैको साथ सहयोग समर्थन पाउदै गर्दा म मा थप उर्जा प्राप्त भयको र दलित समुदायको आत्मासम्मान सहित पुर्ण अधिकार प्राप्ति का लागि हाम्रो अभियानको यात्रा निरन्तर अधि बढी रहने प्रतिबद्धता ब्यक्त गरेका गरेका थिए ( राष्ट्रिय दलित मुक्ति अभियान ), संयोजक बिसीले भने हामीले राज्य संग ठुलो आवाजमा बोलनै सकेनौ।
यसको परिणाम स्वरुप राज्यले हामीलाई झन झन दबाउदै गयो। देशमा धेरै राजनितिक पार्टीहरुको उदय भयो।दलित बस्तिहरुमा झूठा आश्वासनको बाढी नै आयो फेरी पनि दलितहरूले केही पएनन।ब्राहमण क्षेत्री तथा अन्य ठूला जातिय नेताहरूले दलित हरुलाई दबाउदै आए। किनभने यिनिहरुलाई एउटा लत बसिसकेको छ दलित हक़ अधिकारको लागी भन्दा पनि राजनितिक हतियारको रुपमा बिकास भयो।जसलाई नेपालका प्रमुख राजनितिक दलहरु द्वारा सञ्चालन गरिएको थियो। ताकि दलित भोट बैंक आफ्नो पार्टीको खातामा परोस। यो सब दलित जनताको आखामा छारा हालनु थियो। सदीयौंदेखि ढाट छल हेपिदै आएका छन् उहाँले “सधै जुटेऊ अरूको लागि अब जुटौ आफ्नो हक अधिकार र आत्मसम्मान को लागि ” राष्ट्रिय दलित मुक्ती अभियानमा समाजिक समानता आत्मसम्मानका साथै पुर्णहक अधिकारको ग्यारेन्टीका लागि दलित एकता अभियान धनगढीमा आयोजना गरिएको बताए । दलित समुदायले अरुकै लागि काम गर्दा गर्दै पछाडि पर्दै आएकोले अबका दिनमा दलितले दलितकै हक अधिकारीका लागि काम गर्नु पर्ने बताए यसका लागि अब देशभरका सबै दलित एक जुट हुनु आग्रह गरे ।

तराई ,पहाड़ , हिमालका संपूर्ण दलित नेता ,शिक्षक, ब्यापारी, बुद्दिजीबी, बिधार्थी , आमा, बुबा, दाजू, भाई, दीदी, बहिनीहरुमा मेरो अनुरोध छ उठ्नुहोस जग्नुहोस बस्ती बस्ती ,गाउ गाउ ,टोल टोल ,शहर, हिमाल ,पहाड़, तराई र प्रवास बाट उठेपछि मात्र संभब छ हाम्रो अभियान, पछिल्लो समय दलितलाई जातका आधारमा गरिने हिंसाका घटना बढ्दै छन्। तिनको नियन्त्रणमा राज्य उदासीन छ। अर्थात्, नेपाली राज्यसत्ता स्वाभाविक रूपमा पुरानै सोचका मान्छेहरूको नियन्त्रणमा रहेको जानकारी गराए ।
उहाँले , आगामी २०८४ सालमा हुने निर्वाचनमा सबै प्रदेशबाट दलित समुदायको नेतृत्व हुने गरी दलितले नै राजनीतिक रुपमा अगाडी बढ्नु पर्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा दलितमाथी जातीय विभेद थिचोमिचो र दलितलाई विभिन्न मुद्दामा फसाउँने काम भइरहेकोले यसका विरुद्धमा सुदूरपश्चिमबाट नै दलित आन्दोलन सुरु गर्न अति आवश्यक रहेको बिसीले बताउनुभयो ।
दलितका लागि दलित अभियान कार्यक्रमका अभियन्ता लाेकपृर्य युवा खगेन्द्र सुनारले , दलित को पक्षमा कुनै पनि राजनीतिक दलले नबोलिदिएकोले अब सबै दलित एकै ठाउँमा उभिएर दलितका हक अधिकारका लागि दलित आफैले बोल्नु पर्ने बताउनुभयो ।
पुस्तौ देखि दलितले अर्कोको लागि मात्र विभिन्न लडाँइमा भाग लिदै आएपनि दलितलाई सो अनुसारको हक अधिकार समान्न नमिलेकोले अबका दिनमा दलितले आफनै अधिकारका लागि सो लडाँई गर्नु पर्ने उहाँले व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशमा दलितमाथिको विभेद अचाक्लि रहेको स्मरण गराउँदै यस विषयमा विभिन्न पार्टीका आवद्ध हुँदै आएका दलित नेताहरुसँग छलफल गरी कानुनी उपचार खोज्नु पर्नेमा जोड दिनुभयो ।
पुर्व सामाजिक राज्य मन्त्री टेकबहादुर रैकाले , दलितलाई पुस्तौ देखि अहिले सम्म सामाजिक राजनीतिक , धार्मिक तथा साँस्कृतिक क्षेत्रमा निकै विभेद हुँदै आएकोले अबका दिनमा दलित समुदायले त्यसको अन्त्य गर्नका लागि सबैले एक भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
नेपालमा लोकतंत्रको स्थापना भयो। घोषणा पनि गरियो। संबिधान सभामा न्युन दलित सभासदहरुको चयन भयो। यो कदमलाई थोरै उपलब्धि मान्न सकिन्छ, तर यो पूर्णता होइन। यो एक्काइसौ सताब्दिको जमाना हो संसारले धेरै परिबर्तन गर्यो तर हाम्रो नेपाली समाज भने ढुङ्गे युग आभास हुन्छ। हामी माथि गरिने जातीय बिभेद र छुवाछुत नेपाली सामाज भित्रको कलंक हो।जातीय बिभेद र छुवाछुत जस्तो चक्रब्यूहमा फसेका तमाम दलित समुदाय अब एकजुट हुनैपर्छ। यो समयको माग हो। इतिहासले भानिरहेको छ उठ जाग हे हिमाल पहाड़ तराईका दलित यो समय परिबर्तनको हो। देशले काचुली फेर्न भनिरहेको छ तर हामीले हाम्रा हक़ अधिकार प्राप्त गर्न सकेनौं भने हामी सयौ बर्ष पछाड़ी पर्छौ। त्यसैले जातीय समानताको लागी अब हामी एकजुट भएर अघि बढौ।
दलित अभियन्ता गणेश विकको अध्यक्षतामा भएको यो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष प्रेम बिसी, विशिष्ट अतिथि पुर्व माननीय टेकबहादुर रैका युवा नेता खगेन्द्र सुनार अतिथि विभिन्न पार्टीका प्रतिनिधि, बुद्धिजीवी , पत्रकार, सुरक्षाकर्मी , मानबअधिकारकर्मी, अधिवक्ता , कलाकार लगायत सयौ भन्दबढीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply