सामुदायिक विद्यालयले होली खेलेर संकलन भएको रकम शिक्षकलाई वितरण

२५ चैत धनगढी
कञ्चनपुरको एक सामुदायिक विद्यालयले होली खेलेर संकलन भएको रकम शिक्षकलाई वितरण गरेको छ । भीमदत्त नगरपालिका १४ बनकट्टीमा रहेको शान्ति आधारभूत विद्यालयले होली खेलेर संकलन गरेको रकम दुई शिक्षकलाई तलब दिएको हो ।

सरकारले दरबन्दी नदिएकाले दैनिक पठन पाठनका लागि निजीस्रोतबाट भर्ना गरिएका दुई शिक्षकलाई विगत दुई बर्षदेखि पारिश्रमिक दिन नसकेको अवस्थामा होलीबाट संकलन भएको रकम उनीहरुलाई वितरण गरेको विद्यालयले जनाएको छ ।

शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक उत्तम विष्टले होली खेलेर संकलन भएको १ लाख, ७ हजार, ५१४ रुपैया निजीस्रोतका शिक्षकद्वय सागर कुँवर र राधिका जोशीलाई वितरण गरिएको बताए । कुँवर र जोशीलाई जनही ५३ हजार,७५७ का दरले पारिश्रमिक बाफत वितरण गरिएको प्रअ विष्टले बताए ।

‘दरबन्दी दिएको छैन, दैनिक पठन पाठनमा हामीलाई समस्या भएको छ, ‘प्रअ विष्टले भने, ‘निजीबाट राखिएका शिक्षकलाई तलब खुवाउनकै लागि हामीले विद्यालयबाट अभिभावक सहित होली खेलेका थियौँ, संकलन भएको त्यही रकम शिक्षकलाई दियौँ ।’ उनका अनुसार ८ दरबन्दीमा १ निमावि स्थायी सहित ४ आधारभूत राहत, २ बाल विकास शिक्षक कार्यरत रहेका छन । विद्यालयमा झण्डै २ सयको हाराहारीमा विद्यार्थी भएकाले दरबन्दी अनुरुप शिक्षक पदपूर्ति नहुँदा समस्या भईरहेको बताए ।

प्रअ विष्टले विद्यालयमा दरबन्दी मागका लागि भीमदत्त नगरपालिकासंग अनुरोध गर्ने डेलिगेशन दिने बताए । २ बैशाखदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान संचालन गर्ने बताए । आइतबार एक कार्यक्रमका विच शान्ति आधारभूत विद्यालयका अध्यक्ष हर्क बहादुर बोहरा, वडाध्यक्ष भोजराज जोशी, प्रअ उत्तम विष्ट सहितका सहभागि थिए । ढिलैभएपनि शिक्षकद्वयले पारिश्रमिक पाएपछि हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply