धनगढीमा झण्डै साढे ६ लाख बराबरकाे अवैध “भाईब्रेट” कण्डम सहित प्रहरीले एक जनालाई पक्राउ

२६ चैत धनगढी
धनगढीमा झण्डै साढे ६ लाख बराबरकाे अवैध “भाईब्रेट” कण्डम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-१ काे शिवनगरबाट १४ कार्टुन भाईब्रेट कण्डमसहित २५ वर्षीय पंकज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बाेहराले जानकारी दिए ।

उनकाअनुसार चन्द सुत्ने काेठामा लुकाइछिपाइ राखेकाे अवस्थामा विशेष सूचनाका आधारमा कण्डम बरामद गरिएको थियो । बरामद गरिएको कण्डम र चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय काेहलपुरकाे जिम्मा लगाइएको छ ।

चिनबाट आयात हुने उक्त कण्डम कैलाली हुँदै भारततर्फ सप्लाई हुने गरेकाे प्रहरीकाे भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply