सुदूरपश्चिम अखिल नेपाल लेखक संघको अध्यक्षमा बसन्त बागचन चयन

२६ चैत धनगढी
धनगढी : नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल लेखक संघ सुदुरपश्चिम प्रदेशको दोस्रो भेला आज धनगढीमा सम्पन्न भएको छ।अखिल नेपाल लेखक संघ सुदूरपश्चिमका संयोजक सिर्जन श्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका माननीय अक्कल ब रावल हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिहरुमा क्रमशः जनसाँस्कृतिक माहासंघका सुप इन्चार्ज बिक्रम कुँवर प्रतीक, साहित्यकार तिलक सिह,जनसाँस्कृतिक माहासंघका सुप अध्यक्ष सिवी चन्द,सुदूरपश्चिम विश्व विद्यालयका कार्यकारी परिषद सदस्य हरिकृष्ण कडायत हुनुहुन्थ्यो ।त्यसैगरी अतिथिहरुमा क्रमशः साहित्यकारहरु कोपिला शर्मा,चक्र अधिकारी,दुर्गा भणडारी लगायतका हुनुहुन्थ्यो ।

साेमबार धनगढीमा सम्पन्न संघको दाेस्राे भेला बाट साहित्यकार बसन्त बागचनको अध्यक्षतामा १९ सदस्यीय प्रदेश कमिटी चयन भएको छ। उक्तभेलाबाट
संघको उपाध्यक्षमा दुर्गा भण्डारी, उपाध्यक्ष पवन सुनार,
रियल एनालाइसेस तेज (सचीव)गोमा जोशी (सह-सचीव)
रोयल जोशी (सह-सचीव) बबिता कार्की (कोषाध्यक्ष)
मिना बुढा सहकाेषाध्क्ष सदस्य गोपाल बोहरा, कुश्मा भट्ट, लक्ष्मी जोशी, सागर रिमाल, दिपक बयलकोटी, खेमा किनारा, बिनोद अधिकारी,
शान्ति प्रसाद जोशी (मुस्कान) कर्ण चन्द, लक्ष्मी जोशी,
नर बहादुर कार्की चयन भएका छन् ।

कार्यक्रमको अन्तिमसत्रमा सर्जकहरुले आफ्ना गीत,गजल,कविता लगायतका रचनाहरु वाचन गर्नु भएको थियो भने उक्त कार्यक्रमको सँचालन रियल एनलाइसिस तेजले गर्नु भएको थियो । अखिल नेपाल लेखक संघ नेकपा माओवादी केन्द्र सुदूरपश्चिम निकट साहित्यकारहरूको संगठन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply