कैलालीको घोडाघोडी नगरपालिका–१० मा दिदी बहिनी मृत अवस्थामा भेटिए

२७ चैत धनगढी
कैलालीको घोडाघोडी नगरपालिका–१० मा दिदी बहिनी मृत अवस्थामा भेटिएका छन् । २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराले रातोपाटीलाई बताए ।

घरको दोस्रो तलामा आफू सुत्ने कोठामा दोपट्टाको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको डीएसपी बोहराले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply