कैलाली भन्सारले भेट्न सकेन राजस्व संकलनको लक्ष्य : राजस्व छलिको अवस्था भयावह

गणेश क्षेत्री
कैलली भन्सार कार्यालय धनगढी ले आर्थिक बर्ष २०८०/८१ मा लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसक्ने भएको छ
भन्सार कर्मचारी को मिलेमतोमा राजस्व छली र चुहावट हुनाले पनि राजस्व लक्ष्य अनुरुप संकलन हुन नसकेको पाइएको छ
२०८०/८१ को फागुन मसान्तसम्म मा कुल लक्ष्य को ४३.२८ प्रतिशत मात्रै राजस्व असुली भएको भन्सार प्रमुख राजेन्द्र कुमार हमाल ले बताउनुभयो
भन्सार कर्मचारी को मिलेमतोमा समेत राजस्व चुहावट हुनेगरेको पाइएको छ
२०७७/७८ मा ११७.५९ प्रतिशत राजस्व असुली भएपनी २०७८/७९ मा ८१.०४ र २०७९/८० मा ६६.३ प्रतिशत मात्रै राजस्व असुली भएको थियो

भन्सार प्रमुख हमालले कुल राजस्वको ६० देखि ६५ प्रतिशत राजस्व पेट्रोलिएम पदार्थ बाट नै असुली हुने बताउनुभयो
भन्सार प्रमुखको भनाइ लाई नै आधार मानेर हेर्नेहो भने चोरीपैठारी र राजस्व छलिको अवस्था भयावह भएको अनुमान गर्न सकिन्छ
प्रमुख हमालले चोरीपैठारी हुन्छ बरु कसरी नियन्त्रण गर्न सकिन्छ सुझाब दिनुस भनेर प्रस्न गर्नुभयो
केहिदिन अघिमात्रै भन्सार कर्मचारी र धनगढी को कपडा व्यापारी बिच साँठगाँठ भएर न्यून राजस्व तिरेर भन्सार को गेट बाट बाहिरि पुगिसकेको गोप्य कुरा बाहिरिएपछी माथिबाट आदेश आएपछि ट्रकलाई सशस्त्र प्रहरी को सहयोगमा नियन्त्रणमा लिएर चेकजाँच गर्दा घोषणागरेर राजस्व तिरेको भन्दा अत्यधिक सामान भेटियपछी २१ लाख को जरिवाना गरिएको थियो
भन्सार बाट भित्रीने यस्ता मालबाहक ट्रक संग को मिलेमतो मा दैनिक लाखौको राजस्व छलिहुनेगरेको बताइएको छ
भन्सार नियमावली २०६४ को ३६(१२) बमोजिम उपभोग्य मितिसकिने ३ महिना भन्दा कम भएमा अथवा जिबजन्तु को हकमा सूचना टाँस गरि भन्सार दाखिला भएको दिन वा भोलिपल्ट लिलाम गर्न सकिने भन्ने प्राबधान रहेको छ । भन्सार नियमावली को यहि आधारलाई टेकेर भन्सारका कर्मचारी ले केही सिमीत ब्यक्तिसङ्ग को मिलेमतो मा समय अनुकूल सुचना टाँस गर्नेगरेको र पटकपटक तिनीहरु ले नै लिलाम सकार गर्नेगरेको स्थानीय ब्यापारीहरु बताउँछन ।लिलाम सकार गर्नेहरू को लिस्ट हेरेमा आफै थाहापाउन सकिनेसमेत अन्य ब्यापारीले बताए
राज्यको मुटु मानिने मुलभन्सार धनगढीमा कर्मचारीको मिलेमतो मा राजस्व छलि हुनाले लक्ष्य अनुरुप को राजस्व संकलन हुननसकेको पाइएको छ
२०८०/८१ को श्रावण महिनामा ६४.७१ प्रतिशत , भाद्र महिनामा ५८.७५ प्रतिशत , असोज महिनामा ६४.५६ प्रतिशत ,कार्तिक मा ६३.०२ प्रतिशत ,मङ्सिर मा ७१.७३ प्रतिशत पौष महिनामा ६६.१७ प्रतिशत ,माघमहिनामा ७१.९३ प्रतिशत , फागुन महिनामा ६८.३४ प्रतिशत र चैत्र को २४ गतेसम्म ५७.१७ प्रतिशत राजस्व असुली भएको भन्सार प्रमुख ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply