रानाथारु साँस्कृतिक महोत्सवको तयारी पूरा, प्रदेश प्रमुखले उद्द्घाटन गर्ने

बिगत लामो समय देखि निरन्तर वार्षिक रुपमा नयाँ बर्षको दिन (१ र २ गते) धनगढी -१३ राजपुरमा लाग्दै आएको रानाथारु साँस्कृतिक महोत्सव २०८१ को तयारी पूरा भएको छ ।

“सामाजिक बिकृती लागुऔसधके जरसे हए नोचन, संस्कृतिके सङ्गए पढाई घेन फिर हए सोचन” मूल नारा का साथ आयोजना हुन गैरहेको व्यावसायिक-साँस्कृतिक एबं सचेतनामुलक कार्यक्रम उद्दघाटन प्रदेश प्रमुखले गर्ने जानकारी आयोजक संस्थाका अध्यक्ष नारायण रानाले जानकारी दिनुभएको छ ।

स्थानिय क्लब राना युथक्लब राजपुर को बिशेष सहयोगमा हुन गइरहेको कार्यक्रममा रानाथारु विविध साँस्कृतिक झाँकी, लोक नाच, रास्टृय-स्थानीय कलाकार द्वारा नृत्य,गायन, रानाथारु परिकार का साथै सचेतनामुलक/सन्देशमुलक प्रदर्शनीहरु रहने छन । महोत्सव अवधिभर स्थानीय ब्यपारिहरुको विभिन्न स्टल/पसलहरु समेत रहने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply