फरार अभियुक्त धमाधम पक्राउ गर्दै टिकापुर प्रहरीले

गणेश क्षेत्री
कैलाली : इलाका प्रहरी कार्यालय टीकापुर ले २०८०/ ८१ को चैत्र मसान्तसम्म मा ५० जना विभिन्न शिर्षक मा फरार रहेका अभियुक्तलाई पक्राउ गर्न तदारुकता देखाएका छन्।
सम्मानित अदालत बाट फैसला भएर कैद तथा जरिवाना तोकिएका तर फरार भएका अभियुक्त लाई पक्राउ गरेर ५७ लाख रुपैयाँ समेत राजस्व असुली भएको इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक बिस्वराज अधिकारिले बताउनुभयो
इन्चार्ज अधिकारी ले कानुनी राज्यको प्रत्याभूति दिलाउन र समाजमा अपराध गर्यो केही समय बितायो प्रहरी र कानुनको आँखामा छारो हालेर बसेका आपराधिक क्रियाकलाप मा सङ्लग्न रहेका फरार अपराधी लाई पक्राउ गर्न प्रहरी तम्तयार भएर बसेको बताउनुभयो

कानुनको नजरमा अपराध सानो होस वा ठुलो अपराध नै हुन्छ ! अपराधी को कुनै जात र धर्म हुदैन । त्यसैले आफ्नो वरिपरि असामान्य गतिविधि भएको देखेमा प्रहरी लाई तत्काल खबर गर्न अनुरोध गर्नुभयो
ढुक्क हुनुस तपाईंले दिएको कुनैपनी सुचनाहरुको गोपनियता भङ्ग नहुने समेत प्रहरी नायब उपरीक्षक अधिकारी ले प्रतिबद्धता व्यक्त गर्नुभयो
प्रहरी को पहिलो प्राथमिकता अपराध नहोस , कानुन ले निषेध गरेको कुनैपनी क्रियाकलाप नहोस् तर अपराध भै हाल्यो भने अपराधी ले कानुनी दन्ड को भागिदार हुनैपर्छ भन्ने मान्यता इन्चार्ज अधिकारी ले बताउनुभयो
बन मुद्दा  ,बैङ्किङ कसुर , लागू औषध , सवारी ज्यान , बहुबिवाह , गालिबेइज्जती , चोरि , ज्यान मार्ने उध्योग ,राजस्व छली लगायतका शिर्षक मा फरार रहेका अभियुक्त लाई पक्राउ गरेर जरिवाना समेत गरियको इलाका प्रहरी कार्यालय टीकापुर का बरिस्ठ प्रहरी नायब निरीक्षक निरक रावल ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply