भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मंगलबारदेखि बन्द हुँदै

धनगढी २ वैशाख
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मंगलबारदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गरिन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । अप्रिल १९ तारिक (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा हुने लोकसभा सामान्य निर्वाचन हुदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए । उक्त अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने छ । सुरक्षा सम्वेदनशिलताको कारण नाका बन्द हुन लागेको हो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरुसंग यसअघि नै समन्वय गरेर नाका बन्द गरिने भएको हो । कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियम अनुसार नै सीमा बन्द गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply