दुई घरमा आगलागी, ५ लाख बराबरको क्षति

७ वैशाख धनगढी
बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट पञ्चेश्वर गाउँपालिका–४ भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो।

सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीबार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन, लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन् । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply