खुल्ला महिला तथा पुरूष भलिबल प्रतियोगिताको तयारी

९ वैशाख धनगढी
बैतडीमा पालिकास्तरिय खुल्ला महिला तथा पुरूष भलिबल प्रतियोगिताको तयारी भएको छ । नेपाल खेलकुद महासंघ बैतडीको आयोजनामा अगामी जेठमा हुने यो प्रतियोगिता जिल्लाकै सर्वाधिक धनराशीको हो । उक्त प्रतियोगीतामा जिल्लाका १० ओटै स्थानियतहका खेलाडी बीच महिला र पुरुष तर्फ छुट्टाछुट्टै प्रतिस्प्रधा हुने महासंघका जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र चन्दले बताए । प्रतियोगिता आगामी ३ जेठमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा उद्घाटन गरिने जनाइएको छ । जिल्लामै हालसम्म भएका भलिवल प्रतियोगीताहरु मध्ये सबैभन्दा बढी ७७ हजार ७ सय ७७ धनराशी प्रथम पुरुस्कार राशी रहेको छ । प्रतियोगीताको दोस्रो पुरस्कार ५५,५५५÷–रहेको छ भने तेस्रो पुरस्कार ४४,४४४÷– र सान्त्वना पुरस्कार ३३,३३३÷– रहेको छ । प्रतियोगीताका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको व्यवस्था छ । नगद पुरस्कारको साथमा मेडल र ट्रफि प्रदान गरिने जनाएको छ । प्रतियोगीताको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस प्रतियोगीतासँगै पर्यटन महोत्सवको समेत आयोजना गरिनेछ । प्रसिद्ध निङलाशैनी भगवती मन्दिरको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन सत्रमा बैतडीमै जन्मीएका वरिष्ठ गायक तिलक सिंह पेला, महेश कुमार औजी, अन्तराम बिष्ट, शेरी औजी, भानुभक्त जोशी लगायतका कलाकारहरुलाई आमन्त्रण गरिने महासंघका जिल्ला इन्चार्ज मनोज ठकुराठीले बताए । करिव १ सातासम्म सञ्चालन हुने उक्त कार्यक्रम अवधीभर जिल्लामा भलिवलको विकासका लागि योगदान दिएका व्यक्ति, कलाकारहरुलाई अभिनन्दन गरिने आयोजकले जनाएको छ । भलिवल अन्तराष्ट्रिय नियमका आधारमा खेलाइने बताइएको छ । प्रतियोगीताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply