कञ्चनपुर उद्योग वाणिज्य संघले प्रधानमन्त्री दाहाल प्रचण्डले ज्ञापन पत्र बुझाय

९ वैशाख धनगढी
कञ्चनपुर उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएको छ ।

आइतबार कञ्चनपुर महेन्द्रनगरमा आएका प्रधानमन्त्री प्रचण्डलाई उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेन्द्र प्रशाद बोहराले जिल्लामा रहेका औद्योगिक क्षेत्रको बृद्धि विकास र उद्योगी व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको बताए ।

महासचिव बोहराले जिल्लामा संचालनमा रहेका दैजी छेला औद्योगिक क्षेत्र, सुक्का बन्दरगाह सहितका औद्योगिक क्षेत्रको योजना अघि बढाउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गरेको बताए ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीका समस्यामा समाधान गर्ने तर्फ सरकार लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply