ट्याक्टरले किच्दा बैतडीमा एकजनाकाे घटनास्थलमै मृत्यु

९ वैशाख धनगढी
ट्याक्टरले किच्दा बैतडीमा एकजनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । मृत्यु हुनेमा जिल्लाकाे डिलाशैनी गाउँपालिका १ का २५ वर्षीय नरेन्द्रप्रशाद भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । डिलाशैनी गाउँपालिका १ ब्रमबाट सीमारतर्फ गइरहेको सुपप्र ०१००२ त ४६८६ नम्बरको ट्याक्टरले डिलाशैनी १ काे वडा कार्यालय नजिकै बसन्तपुर तुफानडाडा ब्रम भन्ने स्थानमा आइतबार दिउँसो २ बजे भट्टलाई ट्याक्टरले किचेकाे हाे । उक्त ट्याक्टरकाे ढालामा सवार नरेन्द्र एक्कासी खसेका र ट्याक्टरकाे पछाडिको टायरले किचेकाे थियाे । टायरले किचेर नरेन्द्रकाे घटनास्थलमै मृत्युु भएकाे प्रहरी निरीक्षक केसीले बताउनुभयाे । घटनालगत्तै सीमार प्रहरी चाैकी र इलाका प्रहरी कार्यालय पाटनकाे प्रहरीकाे टाेली गएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply