कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुमाथि १ रनको रोमाञ्चक जित हात

१० वैशाख धनगढी
आइपिएल २०२४ मा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुमाथि १ रनको रोमाञ्चक जित हात पारेको छ।

आइतबार भएको खेलमा २२३ रनको लक्ष्य पछ्याएको बेंगलुरुलाई अन्तिम ओभरमा २१ रन चाहिएको थियो।

जसमा कोलकताका मिचेल स्टार्कविरुद्ध बेंगलुरुका कर्ण शर्माले पहिलो, तेस्रो र चौथो बलमा छक्का प्रहार गरे। तर पाँचौ बलमा उनी २० रनमा क्याच हुन पुगे।

अन्तिम बलमा जितका लागि ३ रन र सुपर ओभरका लागि २ रन चाहिदा बेंगलुरुका लकी फर्ग्युसन २ रन लिने क्रममा १ रनआउट हुन पुगे। जसका कारण कोलकताले खेल १ रनले जित्न सफल भयो।

त्यसअघि बेंगलुरुका लागि विल ज्याक्सले ५५ रन र रजत पटिदारले ५२ रन जोडे।

बलिङमा कोलकताका आन्द्रे रसेलले ३ तथा सुनिल नारिन र हर्षित रानाले २-२ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोलकताले श्रेयस अय्यरको ५० रन र ओपनर फिल साल्टले १४ बलमा जोडेको ४८ रनको मद्दतले २२२ रन जोडेको थियो।

आइपिएलमा कोलकता १० अंकसहित दोस्रो स्थानमा छ।अन्तिम स्थानको बेंगलुरुको २ अंक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply