बैतडीमा पासोमा परेको चितुवाको मंगलबार उद्धार

११ वैशाख धनगढी
बैतडीमा पासोमा परेको चितुवाको मंगलबार उद्धार गरिएको छ । जिल्लाको सिगास गाउँपालिका ९ चुवाँ भेरीखोला भन्ने स्थानमा स्थानीय थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको उद्धार टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो । पशु चिकित्सकहरुले घाइते चितुवाको सामान्य उपचार गरेपछि सिगास संरक्षित बनमा छाडिएको उनले बताए । पासोमा अड्किएको खुट्टामा सामान्य चोट रहेको मात्रै रहेकाले जंगलमा छाडिएको हो । स्थानीयहरुले उद्धार टोलीसंगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाउन भनेपनि बच्चा नै भएकाले त्यस्तो केही खतरा नभएकाले त्यहीको जंगलमा छाडेको कार्यालयले जनाएको छ । सोमबार जिल्लाको सिगास गाउँपालिका ९ चुवाँ भेरीखोला भन्ने स्थानमा स्थानीय थापेको पासोमा चितुवा परेको थियो । अन्दाजी २ बर्षको चितुवालाई स्थानीयहरुले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply