भजनी नगरपालिकामा किसानलाई कृषि सामाग्री हस्तान्तरण

१२ वैशाख
गणेश क्षेत्री
धनगढी : कृषक को जिवनस्तर उकास्न कृषि क्रान्ति आवश्यक रहेको प्रदेश का भौतिक पुर्बाधार बिकाश मन्त्री कैलाश चौधरी ले भजनी नगरपालिका को कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा उक्तकुरा बताउनुभएको हो कालिका बहुउद्देश्यीय सहकारी का अध्यक्ष रामकृष्ण चौधरी को सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभाका भौतिक पुर्बाधार बिकाश मन्त्री कैलाश चौधरी प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रम मा भजनी नगरपालिका का वडान ८ का अध्यक्ष पन्कज चौधरी र वडान ६ का अध्यक्ष राम सागर चौधरी विशिष्ट अतिथी रहनुभएको थियो प्रमुख अतिथी मन्त्री कैलाश चौधरी ले कृषि लाई आधुनिकीकरण गर्नुपर्ने मा जोड दिनुभयो वास्तविक कृषक को अनुदान मा पहुँच हुनुपर्ने बताउदै अनुदान मा दिइएको कृषि औजार लाई कृषक ले फिल्डमा प्रयोगात्मक रुपमा उतारेर जिवनस्तर उकासिनेमा आफू बिस्वस्त भएको बताउनुभयो कृषक समृद्ध भएमा मात्रै देश समृद्ध हुने मन्त्री चौधरी को भनाइ रहेको थियो सभापति को आसन बाट बोल्दै राम कृष्ण चौधरी ले अनुदान मा बितरण गरियको कृषि सामाग्री हरु पहुँच को आधारमा नभएर आवश्यकता को आधारमा प्राथमिकता दिएको बताउनुभयो ।

६ वटा पावर ट्रेलर , ६ वटा बोरिङ ,१८ वटा २ हर्ष पावर को मोटर ,४८ वटा स्प्रे ट्याङ्की ,त्रीपाल ५९ वटा बितरण गरियको थियो ५० प्रतिशत अनुदान कृषि ज्ञान केन्द्र को र ५० प्रतिशत लगानी कृषक को रहेको थियो अनुदान पाएका कृषक सिताराम चौधरी ले अनुदान पाएपछि श्रम को मुल्यांकन भएको बताउदै कृषक लाई मल तथा बिउबिजन मा पनि राज्यले अनुदान दिनुपर्ने बताउनुभयो सदस्य रामदयाल चौधरी ले संचालन गर्नुभएको कार्यक्रमको स्वागत कृषक राजेश चौधरीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply