जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगे दुई टिम

वैशाख १३ धनगढी
कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन रहेको जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिमको टुंगो लागेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख ३ गते देखी सञ्चालनमा रहेको जिल्ला लिग फुटबल प्रतियोगिता -२०८१ को फाइनल पुग्ने दुई टिमको टुंगो लागेको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले बताएका छन् ।

पहिलो टिम समूह “ए” सेक्युर्ड नेपाल विजेता र अरनिको युवा क्लब ७ अंकका साथ समूह उपविजेता हुँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। अर्को समुह “बि” बाट राम युवा क्लबले १२ अंकका साथ शिर्ष स्थानमा कायम रहदै विजेता र कञ्चन समाज १० अंक जोड्दै समुह उपविजेता हुँदै सेमिफाइनलमा स्थान सुरक्षीत गरेको थियो।

सेमिफाइनल खेल समूह “बि” उपविजेता टिम कञ्चन समाज र समूह “ए” विजेता टिम सेक्युर्ड नेपाल बिच बिहान ९ बजे भएको थियो। उक्त खेलमा कञ्चनले १-० गोलको अन्तरले सेक्युर्ड लाई हराउदै फाइनलको यात्रा पक्का गरेको छ। भने दोस्रो सेमिफाइनल खेल समुह “बि” को विजेता राम युवा क्लब र समुह “ए” को उपविजेता अरनिको युवा क्लब बिच अपरान्ह ४ बजे भएको थियो। उक्त खेलमा अरनिको युवा क्लबले पहिलो हाफमा १ गोल गर्दै अग्रता बनाएको थियो। दोस्रो हाफमा राम युवा क्लबले गोल गर्दै खेल १-१ को बराबरीमा सकिएको थियो। उक्त खेलको निर्णय ट्राईबेकर बाट लगिएको थियो। ट्राईबेकरमा २-२ गोलको बराबरी संगै सटनदेथ मा अरनिको युवा क्लबले जित निकाल्दै फाइनलको यात्रा तय गर्ने दोस्रो टिम बनेको हो।

प्रतियोगिताको फाइनल खेल बैशाख १५ गते अरनिको युवा क्लब र कञ्चन समाज बीच प्रतिस्पर्धात्मक खेल हुने छ। प्रतियोगितामा च्याम्पियन हुने टिमले पुरस्कार दिने समेत घोषणा गरेको छ । जसमा विजेता हुने टिमलाई ५१ हजार १ सय ११, उपविजेता हुने टिमले २५ हजार ५ सय ५५ रुपैया र सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया हात पार्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply