बाघको आक्रमणबाट एक जना घाइते

वैशाख १४ धनगढी
कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका रवीन्द्र धामी बाघको आक्रमणबाट एक जना घाइते भएका हुन् ।

शुक्रवार बिहान घाँसदाउरा गर्न गएका बेला भगवती सामुदायिक वनतिरबाट आएको बाघले उनलाई आक्रमण गरेको प्रहरीले बताएको छ ।

घाइते धामीलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply