राष्ट्रिय दलित मुक्ति अभियान कार्यक्रम पुनर्वासमा सम्पन्न उत्साहजनक सहभागी

वैशाख १४ धनगढी
कञ्चनपुर : पुनर्वास नगरपालिका ११ राष्ट्रिय माध्यमिक विद्यालयकाे प्राङ्गणमा शुक्रबार राष्ट्रिय दलित मुक्ति अभियान कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ। सधैं जुटेउँ अरुको लागि अब जुटौं आफ्नाे हक अधिकार र आत्मसम्मानकाे लागि भन्ने नारासहित कञ्चनपुरमा सभा सम्पन्न भएको हो ।

दलितका लागि दलित; अभियानका केन्द्रीय संयाेजक खगेन्द्र सुनाले सभालाई संबाेधन गर्दै दलित अधिकारको माग गर्नु अरु समुदायको अधिकार नखोस्नु र उनीहरुलाई अपमानित नगर्नु भन्दै दलितका लागि दलित अभियानका संयोजक तथा कार्यक्रमका विशिष्ट अतिथि खगेन्द्र सुनारले भने, ‘अधिकारका लागि गाउँगाउँबाट आवाज उठाउनु पर्छ:अधिकारका लागि नबोल्दासम्म विभेद्को चपेटामा पिल्सिनु पर्ने भन्दै अब दलितहरु एक भएर अगाडि बढ्नु पर्ने उनले बताए । दलितका अधिकार संविधानकाे कागजमा मात्रै सीमित भएकाे भन्दै व्यवहारमा कार्यान्वयन गर्न,आफ्ना अधिकार प्राप्तिका लागि दलित आफै जुट्नु पर्ने दलित एकता हुनु उल्लेख गरे । उनले भने,’हामीले निरन्तर आन्दाेलन गरेर कानुनी रूपमा नवराजकाे मुद्दा जित्याै । मधेशमा मधेशी अधिरकालागि लड्दै छन् । पूर्वमा पूर्वेली लड्दैछन् । आन्दाेलन गर्दैछन् हामी दलित किन नगर्ने ? के व्यवस्था परिवर्तनमा दलितकाे याेग्दान छैन् ? हाम्राे याेग्दान छ भने अवस्था परिवर्तन किन हुन सकेन ? यसको हिसाब हामीले सरकार बाट माग्नुपर्ने अवस्था आएको छ। दलित समुदाय आफै जागरुक नभएसम्म दलितका मुद्दा स्थापित हुन नसक्ने भएकाेले गाउँ गाउँमा जागरण सुरु गर्न दलितका लागि दलित अभियान सुरु भएकाे उनकाे भनाइ छ ।

राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रेम बि सी ले दलितलाई राज्यले अधिकार सम्पन्न गराउनु पर्ने बताए ।

राष्ट्रिय दलित मुक्ति अभियानले आयोजना गरेको कार्यक्रममा सयौंको सहभागी रहेकोे थियोे ।

केन्द्रिय संयोजक प्रेम बि सी ले विभेद विरुद्धको विभेदमा परेको भन्दै समाजमा विद्यमान जातीय विभेद तथा छुवाछुतका अवशेष अहिले पनि बाँकी नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासदेखि दलित समुदायमाथि गरिदै आएको पशुतुल्य अमानवीय विभेदको विरुद्धमा आजको युगको गैर दलित पुस्ताले आफ्नो पुर्खाहरुले गरेको गल्ती कमिकमजोरीहरुको क्षतिपुर्ती बापत दलित मुक्ति र अधिकारको लागि सबैभन्दा बढी झण्डा बोकेर आन्दोलित हुनुपर्ने आजको आवश्यक्ता र दायित्व हो, उनीहरुको भनाइ छ।

सधैं जुटेऊँ अरुकोलागि अब जुटौं आफ्नाे हक अधिकारका लागी दलित अभियान कञ्चनपुर जिल्ला संयोजक राम सिंह बिश्वकर्माको अध्यक्षतामा “कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष प्रेम बि सी,विशिष्ट अतिथिका रुपमा माननीय प्रदेश सभा सदस्य हिरा सिंह सार्की,संविधानसभा सदस्य पुरन सिंह दयाल, राष्ट्रिय मानवअधिकार आयाेग प्रमुख हरि ज्ञवाली,राष्ट्रिय दलित अभियानता खगेन्द्र सुनार, अतिथिमा बिरबल विक, भारमल सुनार, दिपक वि सी, मदन बिक, पुनर्वास नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नरबहादुर विक, पुनर्वास १० का सुकदेव राना, पुनर्वास ११का अध्यक्ष तुलसी अर्याल, समाजसेवी सुर्य विक, कार्यपालिका सदस्य यादु राम सार्की, कलावती वड, मनमाया सुनार,काेपीला विक, भिम बहादुर दमाई,अभियान सभामा बाेल्ने बक्ताहरुले दलितका अधिकार प्राप्तिका लागि स्वयम् दलित समुदाय एकजुट हुनु पर्नेमा जाेड दिएका छन्

उक्त जागरणसभाका वक्ताहरुले सदियौंदेखि दलित अपहेलित भएर बाँचिरहेकाले अब आफ्नो अधिकारका लागि आफैँले आवाज उठाउनु पर्ने बताएका थिए ।

२१औँ शताब्दीमा समेत दलित राज्यको मूल प्रवाहमा आउन नसकेको दुखेसो पोख्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । सभ्य र सम्मानित समाजका लागि जातीय विभेद् अन्त्य हुनु पर्ने भए पनि दलित समुदायले अहिले पनि छुवाछुत जस्तो कूप्रथा सहनु परेको उनीहरुकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply