एसईई आईडलको सेमिफाइनल सम्पन्न

धनगढी : प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लि.ले आयोजना गरिरहेको प्रदेश युवा परिषद् एसईई आइडलको तेस्रो संस्करणको सेमिफाईनलको आज धनगढीमा भव्य रुपले सम्पन्न भएको छ ।

धनगढीको ओम प्यालेसमा मिडियाका अध्यक्ष प्रकाश बहादुर छेडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी प्रमुख अतिथी रहनुभएको थियो । जोरायल गा.पा. का अध्यक्ष दुर्गादत्त ओझा र चुरे गा.पा. का अध्यक्ष चक्र बोगटी विशिष्ट अतिथि रहनुभएको थियो ।

सेमिफाईनलमा नृत्य तर्फका ३७ र गायन तर्फका ३० जना प्रतिस्पर्धी विद्यार्थीले प्रवेश पाएका हुन् । सेमीफाइनलमा वि.स. २०८० मा एसईईको परीक्षा दिएका र अब कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुले निःशुल्क प्रवेश र निःशुल्क भोट पनि गर्ने अवसर पाएका थिए ।

वि.सं. २०८० सालमा एसईई दिएका विद्यार्थीहरु मात्र सहभागी भएको यस प्रतियोगिताका अडिसनहरु वि.सं. २०८० असोजबाट सुरु भएका हुन् । अब सेमिफाइनलबाट नृत्यका उत्कृष्ट १५ र गायनका उत्कृष्ट १५ जना विद्यार्थीहरुले फाइनलमा प्रवेश पाउनेछन् । सेमिफाईनलको नतिजा यहि बैशाख २३ गते सार्वजनिक हुने कुरा कार्यक्रम संयोजक गुणाकर पनेरुले बताएका छन् । आज सेमिफाइनलमा नि:शुल्क भोटिङ र निर्णायकले अंक दिने कार्य समाप्त भएपनि अनलाइन भोटिङ बैशाख २२ गते सम्म जारी रहने भएकाले सेमिफाइनलको अन्तिम नतिजा बैशाख २३ गते सार्वजनिक हुनेछ । फाईनल वि.सं. २०८१ असार १ गते शनिबारका दिन ओम प्यालेस धनगढीमा आयोजना हुनेछ ।

फाइनलमा नृत्यको विजेता र उप-विजेताले क्रमशः रु ५० हजार र रु २५ हजार सहित कक्षा ११ र १२ मा छात्रवृत्तीका साथै थुप्रै गिफ्ट ह्याम्पर हात पार्नेछन् भने गायन तर्फका विजेता र उप–विजेताले क्रमशः रु ५० हजार र रु २५ हजार सहित कक्षा ११ र १२ मा छात्रवृत्तीका साथै थुप्रै गिफ्ट ह्याम्पर हात पार्नेछन् । यसका साथै विजेता, उप–विजेता, अन्य प्रतिस्पर्धीहरुले पनि हात पार्नेछन्। यसका साथै कार्यक्रम हेर्न आउने वि.स. २०८० मा एसईईको परीक्षा दिएका र कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुले निःशुुल्क चिठ्ठाबाट विभिन्न उपहार पनि पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply