वैशाख १५ धनगढी
गणेश क्षेत्री
भजनी नगरपालिका को सिमामा भन्सार कर्मचारी र सुरक्षा निकाएको मिलेमतोमा तस्करी मौलाउदै गएको छ छोटि भन्सार पृथ्वीपुरका इन्चार्ज रहेका कम्प्युटर अप्रेटर शुरेश मन्नी क्षेत्रीले ईन्डिया बाट आएको सामनको चेकजाँच नै नगरी मिलेमतो मा न्यून भन्सार काट्ने गरेको पाइएको छ ! त्यसैगरी खाध्य पदार्थ मैदा , चकलेट ,पानीपुरी लगायत ठुलो परिणाम मा आएपनी कम परिणाम देखाएर राजस्व छली गर्ने गरेको पाइएको छ ! राजस्व छली त छदैछ ! बिना परिक्षण को खाध्य बस्तु भित्रीन दिदा मानव स्वास्थमा समेत गम्भीर समस्या उत्पन्न हुनसक्ने वडान ५ का अध्यक्ष केशब बुढा ले बताउनुभयो ! केही समय अघि ईन्डिया बाट आएको ३० हजार मुल्य पर्ने २ साइकलमा आएको चकलेट को लगभग ७० प्रतिशत भ्याट सहित भन्सार को २१ हजार हुन आउने तर मिलेमतो मा १ हजार १ सय मुल्य को मात्रै राजस्व काटेर छली गरेका थिय
त्यसैगरी सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म गुलरिया का सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारति सङ्ग ईन्डिया बाट आएको सामान के कति परिणाम मा छ बिस्फोटक पदार्थ पनि छ कि अथवा प्रतिबन्धित सामाग्री पनि छ कि भनेर किन चेकजाँच नगरेको भनेर प्रस्न गर्दा भन्सार को सुरक्षार्थ खटियको सशस्त्र प्रहरी ले चेकजाँच नगर्ने र भन्सार को कर्मचारी ले समेत चेकजाँच नगर्ने योत स्व घोषणा गरेर जाने कुरा हो भनेर गैरजिम्मेवार र गुमराह मा राख्ने जवाफ दिएका थिए
त्यसैगरी इलाका प्रहरी कार्यालय पृथ्वीपुरका इन्चार्ज बरिस्ठ प्रहरी नायब निरीक्षक लक्ष्मी दत्त भट्टले पनि मासिक रकम लिएर माछा , कपडा ,हाडवेयर कार्यालय नपुग्दै करिब १ सय मिटर को दुरिको जङ्गल बाट जान दिनेगरेको स्थलगत रिपोर्टिङ को क्रमश फेला परेको छ ! यो पटक त ठुलो परिणाम मा ईन्डिया बाट गहुँ समेत नेपाल मा आउन दिएर मोटाे रकम असुलेको स्थानीय ले रिपोर्टिङ को क्रममा बताएका छन् ! घाट गुल्मसङ्गै जोडिएको छ सशस्त्र प्रहरी ले मिलेमतो मा छोडेपछि इलाका प्रहरी कार्यालय पृथ्वीपुर ले समेत मिलेमतो मा माछा , कुखुरा लगायत भित्रीन दिने गरेको छ ! ईन्डिया बाट कुखुरा , माछा भित्रीदा ब्यापार ब्यवसाय ध्वस्त भएको भजनी नगरपालिका अन्त्रगतको ५० बिगहा ताल ठेक्कामा लियका जितु बडैलाले बताउनुभयोयो