२२ वैशाख धनगढी
कञ्चनपुर स्थित दोदा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका ४ शान्तिपुरका स्थानीय किशोर राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले शनिबार दिउँसो पौडी खेल्न गएका चार जना मध्ये दुईको डुबेर मृत्यु भएको र बाँकी दुई घाईते भएको बताए ।
प्रवक्ता जोशीका अनुसार कुँवरद्वयको घटना स्थलमै मृत्यु भएको छ ।
भने संगै गएका अर्का किशोर समिर सुवेदी, शिबिर विष्टको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1