कृष्णपुर -९ ले कृष्णपुर १ लाई ६-० गोलले पछि पार्दै सेमिफाइनलमा प्रवेश

मनिसा सुनार
२३ वैशाख धनगढी
कृष्णपुर : कृष्णपुर नगरपालिका ९ राजघाट खेलमैदानमा जारी वडा स्तरिय रनिङ फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा कृष्णपुर-९ ले कृष्णपुर-१ लाई ६-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।


आज भएको खेलमा कृष्णपुर -९ का पुस्कर बिकले ३ गाेल गरेका थिए । प्रविन चौधरीले १ गोल, साेवित चौधरीले १ गाेल, गाेविन्द बलायरले १ गाेल गरी टिमलाई विजयी बनाएका थिए ।

रनिङ फुटबल प्रतियोगिताको विजेतालाई नगद ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई २५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply